ईश्वर ( भगवान ) ले मान्छे जन्माएको होइन , मान्छेले ईश्वर ( भगवान ) जन्माएको हो !

  • आजसम्म पनि भौतिक संसारलाई हेर्न , बुझ्ने , व्याख्या – विश्लेषण र संश्लेषण गर्ने दुई भिन्न विश्वदृष्टिकोण रहेका  छन् ।
     
पहिलो विश्वदृष्टिकोण हो – चेतना( आत्म) को  जन्म पहिले भएको ह‍ो र चेतनाबाट नै पदार्थको जन्म भएको हो । यो विश्वदृष्टिकोण ( चिन्तन ) राख्नेहरुलाई आदर्शवादी ( आध्यात्मवादी ) भनिन्छ ।
           
दोस्रो पदार्थको जन्म पहिले भएको हो र पदार्थको विशिष्ट उपज नै चेतना हो अर्थात् पदार्थबाट चेतनाको जन्म भएको हो  ।यो विश्वदृष्टिकोण ( चिन्तन ) राख्नेलाई भौतिकवादी भनिन्छ ।
       
यसरी यो भौतिक जगतमा संसारमालाई हेर्ने दुई भिन्न विश्वदृष्टिकोण रहेका छन् । 
     
यसरी  चेतना ( आत्म )  पहिलो हो र चेतनाबाटै पदार्थको जन्म भएको हो भन्ने विश्वदृष्टिकोण राख्नेहरुले यो संसारलाई जान्नै सकिन्न , बुझ्नै सकिन्न र यो संसार अज्ञेय छ भन्ने दृष्टिकोण राख्दछन् भने यसको ठिक विपरीत पदार्थ पहिलो हो र पदार्थकै विशिष्ट उपज चेतना हो र पदार्थबाटै चेतनाको जन्म भएको हो भन्ने दृष्टिकोण राख्नेहरुले यो भौतिक संसारलाई चिन्न सकिन्न , बुझ्न सकिन्छ , संसार ज्ञेय छ र यसलाई बदल्न सकिन्छ भन्ने दृष्टिकोण ( धारणा ) राख्दछन् ।
     
यसरी संसारलाई हेर्ने र बुझ्ने तथा व्याख्या गर्ने प्रश्नमा दार्शनिकहरु दुई भिन्न खेमामा बिभाजित रहदै आएका छन् । 
       
यश आलेखको ज्वलन्त र अत्यन्तै महत्वपूर्ण प्रश्न र यसको जवाफ दिनुमा रहेको छ :
     
यहाँ आदर्शवादी ( आध्यात्मवादी ) हरुले ईश्वर ( भगवान ) ले मान्छे जन्माएको हो र यश संसारको सृष्टि ( जन्म ) ईश्वरबाट भएको हो भन्ने धारणा ( दृष्टिकोण ) राख्दछन् । यो  अवैज्ञानिक र अज्ञेयवादी रहेको छ । 
     
भौतिकवादी चिन्तन र विश्वदृष्टिकोण अनुसार ईश्वर ले मान्छे जन्माएको होइन कि मान्छेले ईश्वरलाई जन्माएको हो भन्ने जुन धारणा ( दृष्टिकोण ) रहेेेेको छ यो धारणा नै वैज्ञानिक र ज्ञेयवादी रहेको छ , भौतिकवादी रहेको छ ।
     
आजसम्म पनि हाम्रो समाजम भौतिक जगतवारे वैज्ञानिक धारणा बन्न सकेको देखिदैन । यो भौतिक जगतको सृष्टिकर्ता कुनै अलौकिक अभौतिक स्वत्व हो भन्ने भनाई समाजमा बग्रेल्ती पाइन्छ । यहाँनीर भन्न सकिन्छ कि यो भौतिक जगत बस्तु स्वयंको ऐतिहासिक विकास प्रक्रियाको उपज हो भनी बुझ्ने मानिस नैै हाम्रो समाजमा कति होलान् ? अध्ययन गर्न जसरी छ  ।
       
हाम्रो समाजमा प्रायः यही नै भनाई सुनिन्छ कि – यो जगत ( संसार ) को सृष्टिकर्ता ईश्वर हो । र त्यो सर्वशक्तिमान , शाश्वत , सर्वज्ञ , अलौकिक , खधिप्राकृतिक र अधिभौतपक छ ।
       
साथै त्यो मनुष्य लगायत समस्त ब्रह्माण्डको स्वामी ( मालिक ) र भाग्यविधाता हो  त्यसो भएकोले मनुष्य ईश्वराश्रित छ । ईश्वरको इच्छा बाहेक मनुष्यले केही गर्न सक्तैन भन्ने धारणा र संस्कारले समाज भरिएको पाइन्छ ।
     
यसमा धर्मको कुरो पनि आउँछ । धर्म र ईश्वर जोडिएका छन् । धर्मले ईश्वरको अस्तित्वलाई स्थापित गर्ने काम गरेको छ । अथवा कुनै न कुनै अभौतिक र सर्वोपरि तत्वको अस्तित्वलाई स्थापना गर्ने क्रममा नै धर्म , धार्मिक ग्रन्थ र धार्मिक सम्प्रदायहरु पैदा भएका देखिन्छन् ।
     
यी जे जति धर्म ग्रन्थहरु वा  सम्प्रदायहरु छन् यिनीहरूको आधार अलौकिक , अभौतिक र सर्वोपरि सत्ताप्रतिको आस्था भएकाले यी जम्मै अवस्तुवादी र अवैज्ञानिक खालका छन् ।
     
तसर्थ धर्मले विज्ञानलाई किमार्थ स्वीकार्दैन । किनभने विज्ञान विचारमा आधारित छ ।तर्क  र प्रमाणमा आधारित छ , जबकि धर्म केवल विश्वासमा आधारित छ । विज्ञानको आधार वस्तुगत यथार्थ हो , जबकि धर्म कपोलकल्पनामा आधारित छ । त्यसो भएकोले ईश्वर वा  धर्मको सोंचले मानिसलाई एकांगी , अन्धो कनाई दिन्छ , सन्की हठी र अवैज्ञानिक बनाउँछ , पराश्रित , पंगु र अविवेकी बनाउँछ ।
     
यश जगतमा हामीले आज जुन धार्मिक उन्माद , साम्प्रदायिक दंगा वा  मतवाद वा धार्मिक अखडाहरुका व्यभिचार , भ्रष्टाचार हिंसाका खवरहरु सुन्न र देख्न पाइरहेका छौ वा  धर्मको नाममा समाजमा जुन लुट देखिरहेका छौ वा  धर्म  जाति र लिंगको आधारमा जुन खालको मतवाद वा बैमन्यता देखिरहेका छौ यो के को प्रतिफल हो ? यसबारेमा बुझ्न जरुरी छ ।
         
हाम्रो समाजमा ईश्वरको अस्तित्वलाई प्रमाणिात गर्नका लागि यससित अन्य धेरै कपोल – कल्पनाहरु जोडिएका छन् । जस्तो भनौं  – स्वर्ग र नर्कको कल्पना छ । जन्म र पुनर्जन्म , यहलोक र परलोकको कल्पना गरिएको छ ।आत्ममाको अमरत्वको कल्पना छ ।
       
यश क्रममा वेद , उपनिषद् आदि ग्रन्थहरुलाई दैवीय ग्रन्थ भनी घोषणा गरिएको छ । मानव जीवनका दु: ख सुखलाई भाग्यको खेल वा ईश्वरको लिला भनिएको छ ।
       
धर्म र यसमा आधारित संहिता वा रुढी नियमहरु , कर्मकाण्डहरु यति धेरै छन् र ती सबैले अलौकिक , अधिभौतिक स्वत्वको कपोल – कल्पना ( Conception ) लाई मानिसको मन मष्तिष्कमा बसाउने , हुर्काउने काम गरिरहेका छन् ।
     
त्यसोो भएको हुनाले यहाँ के चर्चा गर्न जरुरी भएको छ भने – ईश्वरको सोंच  ( Idia OfnGod ) मानव समाजमा कसरी र कहिले पैदा भयो ? के यो अनादि कालदेखि नै थियो ? आदि प्रश्न र जिज्ञासाकाबारेमा जवाफ दिनुपर्ने हुन्छ ।
     
ईश्वरको सोंच मानव समाजको विकासको धेरै पछिल्लो चरणमा मात्र देखा परेको हो भन्ने निचोड वैज्ञानिकहरुको छ । जबसम्म समाज वर्गहरुमा विभाजित भएको थिएन , सम्पत्तिको स्थपरता पैदा भएको थिएन , शासक र शासितहरुको नियन्त्रणमा मानव समाज आएको थिएन , त्यस वेलासम्म मानव जातिको मनमा ईश्वर पैदा भएको थिएन  ।
 
जब आदिम समाजको अन्त्य भै दासस्वामी ( दासमालिक) समाजको जन्म भयो , त्यही समयदेखि समाजमा ईश्वरको धारणा पैदा भएको भयो । अर्थात् मानव समाजमा वर्गको उदयसंगै ईश्वरको कपोल – कल्पित सोंच र धारणा पैदा भयो ।
     
शुरुमा मानिसको चेतना कम्जोर र अवैज्ञानिक थियोे । प्रकृतिमा घट्ने कुनै पनि घटनालाई तथ्यमा आधारित भएर सोच्ने र विश्लेषण गर्ने र निचोडमा पुग्ने क्षमता पनि छिपछिपे थियोे । 
       
आँधी , हुरी , बाढी पैरो, भूकम्प आउँदा , चट्याङ पर्दाका नियमहरुलाई उसले बुझ्न र जान्न सक्तैन्थियो र त्यस प्रकारका त्राषदिपूर्ण परिघटनाहरुलाई उसले प्रकृतिका सामान्य चालक नियमहरु प्रति अनभिज्ञ भएका कारण उसले यसलाई कुनै अदृश्य शक्तिले गराएको ह‍ भन्ने ठहरमा पुगेर यो ईश्वरको लिला हो भन्ने निश्कर्षमा पुग्दथियो ।
   
यसै कारणका सिलसिलामा शुरुको मानिसले भाग्य , जन्म , पुनर्जन्म , स्वर्ग , नर्क आदिको काल्पनिक रचना गरेर सबैको सृष्टिकर्ता ईश्वर ( भगवान ) नै  भन्ने सोचाइमा पुग्यो र ईश्वरले नै मानिसलाई जन्माएको हो भन्ने अवैज्ञानिक धारणाको विकास भयो ।
   
 यसरी जगतकै सृष्टिकर्ता कुनै दैवी शक्ति छ भन्ने चिन्तनको धारणा मानव समाजमा स्थापित भए पश्चात् मानिसले दैवी शक्तिमा भर पर्न थाल्यो र ईश्वरलाई खुसी पार्नका लागि  देवी देवताको पुजा आजा गर्ने , मठ मन्दिर बनाउने र वली पुजा गर्ने जस्ता घृणित र अवैज्ञानिक कार्यको शुरुवात भयो ।
     
यसै क्रममा मानव समाजमा धनी हुनु , गरीब हुनु पनि भाग्यको फल , ईश्वरको लिला हो , उच्च र निच हुनु , निरोगी र रोगी हुनु , बलियो र नरिबल हुनु पनि भाग्यको फल हो , ईश्वरको लिला हो भन्ने अमानवीय र अवैज्ञानिक तथा घृणित कार्य जस्तो कुरुप संस्कारको स्थापना गरियो ।
       
त्यस बेलाको मानिसले आफ्नो इच्छा पुरा गर्ने उद्श्येले र ईश्वरलाई खुसी तुल्याउनका लागि ढुंगा पुजा , मूर्ति पुजा गर्ने , त्यस क्रममा आग‍ो पुजा , पानी पुजा , माटो पुजा , ढुंगा पुजा , नाक पुजा , काक पुजा , कुकुर पुजा , गौ पुजा , आकाश पुजा , धर्ती पुजा गर्ने जस्ता कुरुप संस्कृतिको स्थापना गरियो  ।
       
यसैक्रममा मानव  समाजमा अलि पराक्रम गरेका
 
 प्रसंसक बनेर हिन्दु धर्मशास्त्रमा आधारित  शि रहेरृ व , पार्वती , कृष्ण , महादेव , सिता , राम , गौतम बुध्द जस्ता व्यक्तिहरुलाई ईश्वर , देवताको प्रतीक मानेर पुजा आजा गर्ने र श्राध्दा गर्ने व्यक्तिपुजाको आरम्भ गरेर सन्तुष्टि प्राप्त गर्न थालियो ।
     
यसरी जे गर्छन् भगवानले गर्छन् भन्ने ईश्वरीय चिन्तनको विकास गरियो । यी सबै कार्यहरु अज्ञानता  र चेतनाका अभावले हुने गरेका थिए ।ृ
   
त्यसैक्रममा शक्तिपिठको अबधारणा बनाएर मठ – मन्दिर बनाउने , पुजा , पाठ गर्ने र अन्धभक्तहरुको जमात बढाउने कामको थालनी गरियो ।
     
सामन्ती युगमा आएर यसले झनै विकास भयो । सामन्ती समाजमा त राजा महाराजाहरुलाई शासकका रुपमा स्थापना गरियो र राजा महाराजाहरुलाई ईश्वरको प्रतीकका रुपमा स्थापना गरियो । त्यसरी राजाहरुको नामको पछाडि देव राख्ने चलन बसालियो । नेपालका राजाहरुको नामका पछाडि देव राख्ने चलन बसालियो र उनलाई भगवानको दूत र प्रतीकका रुपमा परिभाषित गरियो ।
   
यसै क्रममा ठूलो मान्छेले जस्तोसुकै गल्ती गरे पनि विरोध गर्न नपाइने , गरेमा पाप लाग्ने र मरे पछि नर्कको बास हुने कुप्रचारको संस्कृतिको स्थापना गरियो । राजा भएका देशहरुमा यो प्रचलन कायमै छ ।
   
दास युगमा स्वेच्छाचारी मालिक वर्गबाट भयभीत भएका दासहरुले नै ती मालिकहरु वा  शासकहरुले पूजा गरे , तिनको प्रशंसा गरे , तिनको स्तुतिगान गरे , तिनलाई स्वर्गका राजाहरुको दूत ठाने , वंश ठाने वा अवतार ठाने ।
       
जसरी अज्ञानता र भयको कारणले ईश्वरको सोच पैदा भयो , धर्मवारे पनि यही कुरा लागू हुन्छ । त्यसो भएको हुनाले यी दुबैको पृष्ठभूमि एउटै खालको छ ।ईश्वरको अस्तित्वलाई सिध्द गर्नका लागि आध्यात्मवादको साहारामा धर्मले ठूलो भूमिका खेलेको पाइन्छ । त्यसो भएर नै धर्म र ईश्वरको गहिरो सम्बन्ध देखिन्छ । 
   
 यसरी ईश्वरलाई स्थापित गर्ने धूनमा धर्मले नानाभाँतिका जडसूत्रहरुको निर्माण , नानाभाँतिका रुढी नियम र कर्मकाण्डको निर्माण गरेको छ , जसले भयंकर सामाजिक  मानसिक जटिलता पैदा गराएको छ । यसै विषयलाई विश्लेषण गरेर वैज्ञानिक साम्यवादका सिध्दान्तकार दार्शनिक कार्ल माक्र्सले सबै प्रकारका धर्महरुलाई ” अफिम ” हुन् भनेर सार निकाल्नु भएको छ ।
   
आजको विज्ञान र प्रविधिको युगमा पनि   हाम्रो समाजमा आजसम्म पनि आध्यनत्मवादी रुढीबादी चिन्तन र सोच कायमै छ । यसको प्रमुख कारण अज्ञानता हो । यसकै उपजका रुपमा ईश्वरले नै मान्छे जन्माएको हो भन्ने धारणा र सोच बग्रेल्ती पाइन्छ । 
     
वास्तविकता र वैज्ञानिक कुरामा के हो भने ईश्वरले मान्छे जन्माएका नभई मान्छेले ईश्वर जन्माएका हो , कप‍ोल कल्पित ईश्वरको स्थापना गरेको हो भन्नेमा कुरा आज विज्ञानले समेत प्रमाणित गरिसकेको छ । 
 
( लेखक : नेकपा ( क्रान्तिकारी माओवादी ) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) ।