मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप गर्ने निर्णय

काठमाडौं,मंसिर ४। बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गरेको छ।

 

  मन्त्रिपरिषद बैठकले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका लागि एक एआइजी दरबन्दी थप गरेको हो। गृह मन्त्रालयले एक एआईजीसहित पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने प्रस्तावलाई मन्त्रिपरिषद बैठकले थप गरेको हो।

 

हाल नेपाल प्रहरीमा तीन एआईजी दरबन्दी कायम रहेको छ। जसमा अपराध अनुसन्धान विभागमा हरिबहादुर पाल, मानव स्रोत विभागमा निरजबहादुर शाही र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रधुम्न कार्की रहेका छन्।

 

थप भएको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहनेछ। दरबन्दी थप गरेसँगै गृह मन्त्रालयले बढुवा प्रकृया अघि बढेको जनाएको छ।