कञ्चनपुरका युवाको नेपाल भारत सिमानाकामा गोली हानी हत्या

काठमाडौं,मंसिर ४।कञ्चनपुरका युवा भारतीय दुधुवा नेशनल पार्कमा गोली हानी हत्या भएको अवस्थामा भेटिएका छन्।पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको छातीमा गोली हानेर हत्या गरिएको अवस्थामा भेटिएका प्रहरी स्रोतले जनाएको छ ।

 

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने शव परीक्षणपछि मात्रै हत्या भएको अथवा नभएको खुल्ने जनाएकाे छ ।बिहिबार पार्कमा मृत अवस्थामा भेटिएका रानाको छातीमा चोट लागेको बताइएको छ ।

 

अहिले भारतीय प्रहरी शव भेटिएको स्थानमा रहेको र नेपाल प्रहरीले सीमा वारीबाटै घटना सम्बन्धी समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।मृतक रानाका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् । अब थप अनुसन्धानबाट मात्र खुल्ने प्रहरीले जनाएकाे छ।