यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर ११। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ ।हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

 

त्यस्तै देशका बाँकि प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

देशका धेरैजसो स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुका साथै तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

आज दिउँसो देशका पहाडी भु–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

 

त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुका साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

 

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदलि रहने सम्भावना छ ।त्यस्तै देशका बाँकि भू–भागको मौसममा आंशिक बदलि हुनेछ ।

 

गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।