आरोप पुष्टि गर्न दाहाललाई ओलीको चुनौती

काठमाडौं,मंसिर १४। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी विभाजनको आधार खडा गरेको आक्षेप लगाउँदै आफूमाथि लगाएका आरोपको पुष्टि गर्न र पुष्टि गर्न नसके परिणामप्रति जवाफदेही हुन चुनौती दिएका छन्।

 

पार्टी सचिवालयको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले कार्यकारी अध्यक्ष दाहालले कात्तिक २८ मा पेस गरेको प्रतिवेदनको खण्डन गर्दै यस्तो चुनौती दिएका हुन्।

 

‘मेरो तपाईं (दाहाल) लाई चुनौती छ, ममाथि लगाएका आरोपहरू पुष्टि गर्नुस्, होइन भने परिणामप्रति जवाफदेही हुन तयार रहनुस्’, ओलीले आफ्नो प्रतिवेदनमा लेखका छन्।

 

बैठकको सुरुमै ओलीले लामो स्पष्टीकरण दिएर आफूलाई लगाइएका सबै आरोप पुष्टि गर्न दाहाललाई चुनौती दिएका थिए। बैठकमा उनले आफ्नो प्रतिवेदन खाममा राखेर सचिवालयका सबै सदस्यलाई पढ्न दिएका थिए।

 

दुवै अध्यक्षको प्रस्ताव अध्ययन गरी १६ गते केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सचिवालयको अर्को बैठकमा छलफल गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 

उनले ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई खामबन्दी गरी अध्ययनका लागि वितरण गरिएको बताए। ‘अब दुवै अध्यक्षको प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ, पार्टी एकताको विषयमा दुवै अध्यक्ष गम्भीर रहेको पाइयो,’ श्रेष्ठले शनिबारको बैठकपछि सञ्चारकर्मीसँग भने।

नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरौं

ओलीले दाहालले लगाएका आरोपलाई ५३ बुँदामा जवाफ दिएका छन्। उनले पार्टी अध्यक्षको हैसियतले आफूले सिंगो नेकपालाई हेर्नुपर्ने भएकाले को कसको समूह वा पूर्व भन्ने भावलाई बिर्सेर काम गरिरहेको दाबी गरेका छन्।

 

उनले स्पष्ट रूपमा आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको पनि बताएका छन्। ‘म आज खुला आह्वान गर्न चाहन्छु, त्यागको यो सिलसिला आजै सुरु गरौं !

 

बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं १ म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु १ के तपाईं तयार हो रु’ उनले दाहाललाई प्रश्न सोधेका छन्।

 

ओलीले अब आफू नयाँ कार्यकालका लागि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नबन्ने भएकाले महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।

 

उनले महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन भन्दै दाहाललाई प्रश्न तेस्र्याएका छन्, ‘तपाईंले बारम्बार मबाट त्यागको माग गर्नुभएको छ।

 

मैले स्थायी कमिटी बैठकमा औपचारिक रूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचनपछि प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु।

 

योभन्दा बढी मैले के त्याग गर्नुपर्ने हो ? तर, मेरो मनमा एउटा गम्भीर प्रश्न छ, चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकमाथि विश्वास छैन रु दुई वर्षपछि आमनिर्वाचन हुन्छ। मेरो विश्वास छ, नेकपाको विजय यात्रा जारी नै रहनेछ।

 

त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ। के कमरेडहरूमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो रु होइन भने फेरि किन सधैंभरि सरकार परिवर्तनको दौडधुप  चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीसँग लाखौं कार्यकर्ताको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?

पूर्व भन्ने मान्यता खारेज

ओलीले नेकपा एक पार्टी हो कि संयुक्त मोर्चा हो भनेर दाहाललाई प्रश्न गरेका छन्। उनले आफू ‘पूर्व’ मान्यता बोकेर नहिँडेको बताउँदै यो मान्यताले कसैको पनि हित नगर्ने दाबी गरेका छन्।

 

‘तपाईंले बारम्बार मलाई पूर्वमाओवादी पंक्तिभित्र खेल्न खोजेको, त्यसभित्रका केही कमरेडको सिफारिस गरेको भनेर आपत्ति जनाउनुभएको छ। म स्पष्ट पार्न चाहन्छु, मेरा आँखाअगाडि सिंगोे नेकपा छ, मेरा निम्ति नेकपाका सबै कमरेड बराबर हुनुहुन्छ।

 

तर पार्टी एकता भएको साढे दुई वर्षपछि पनि तपाईंले बोकेर हिँडेको यो कस्तो ‘पूर्व’ मान्यता हो रु’ यसै सिलसिलामा उनले अघि भनेका छन्, ‘अनि यो कस्तो दोहोरो मापदण्ड हो, जहाँ तपाईंले रातदिन पूर्वएमालेका नेताहरूसँग बैठक बस्नुहुन्छ र समीकरण बनाउनुहुन्छ, त्यो पार्टी एकता र सहमतिका लागि हुने !

 

तर मैले पार्टीलाई संकटबाट जोगाउन भूमिका खेल्ने कमरेडको योगदानको कदर गरौं, एकताका निम्ति भूमिका खेलेबापत कसैलाई पनि दण्डित नगरौं भन्दा षड्यन्त्र हुने ?

परिणामको जिम्मा लिन तयार हुनुस्

ओलीले आफूले पार्टीभित्र गुट नचलाएको दाबी गरेका छन्। उनले आफूमाथि पार्टी विभाजन र एकताको आधार भत्काएको आरोप लगाएका दाहाललाई पुष्टि गर्न र पुष्टि गर्न नसके त्यसबाट निम्तिने परिणामप्रति जवाफदेही बन्न तयार हुन भनेका छन्।

 

‘तपाईंले मलाई व्यक्तिवादी, गुटवादी र एकाधिकारवादीको आरोप लगाउनुभएको छ, पार्टीमा उत्पन्न अन्योल र गतिरोधका लागि, अविश्वास र अन्तरविरोधका लागि, पार्टीमा आएको आचरण र मूल्यमान्यतामा ह्रासका लागि, व्यक्तिवादी अराजकतावादी आचरणका लागि, वैचारिक काम नहुने स्थितिका लागि, पार्टी र सरकारबीचको सम्बन्ध बिग्रने कुराका लागि, पार्टी एकताका क्रममा गरिएका प्रबन्ध र निर्णयको अतिक्रमणका लागि मुख्य जिम्मेवार करार गर्नुभएको छ। सक्नुहुन्छ भने यी आरोप प्रमाणित गरेर देखाउनुस्,’ ओलीले भनेका छन्।

 

उनले दाहालप्रति आक्रोश पोख्दै अगाडि भनेका छन्, ‘तपाईंले अझ अगाडि बढेर मलाई चरम असहिष्णु, बहुमतको निर्णय मान्दिनँ भन्ने दम्भी, बुर्जुवा अराजकतावादी, सामन्ती, निरंकुश आदि अनेकौं फरेब लगाउनुभएको छ।

 

मलाई नवउदारवादी, दलाल–नोकरशाही पँुजीवादी र समाजवादविरोधी आक्षेप लगाउँदै मेरा कारणले वर्तमान प्रणाली परम्परागत संसदीय गणतन्त्रमा बदलिएको निष्कर्ष निकाल्नुभएको छ।

 

ममाथि भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको, विदेश मामिला र कूटनीतिमा अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पु¥याएको जस्ता आरोप लगाउनुभएको छ। के यी आरोप पुष्टि गर्न सक्नुहुन्छ ?

 

दाहालको प्रतिवेदनको जवाफमा ओलीले लेखेका छन्, ‘ममाथि संघीयताविरोधी भएको लगायत फौजदारी प्रकृतिका संगीन र झुटा लाञ्छना लगाइएको छ।

कम्युनिस्ट आन्दोलनमा यो कस्तो संक्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ रु यी यति अराजनीतिक आरोपहरू हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ।

 

म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्छु। यति धेरै आरोप र अभियोग लगाइसकेपछि तपाईंले आफ्नो कथित प्रस्तावको अन्त्यमा मबाट फेरि गम्भीर आत्मसमीक्षा र आत्मालोचनाको माग गर्नुभएको छ।

 

यी आरोप सत्य हुन् भने यति गम्भीर अपराध गरेपछि पनि आत्मालोचना गरेर उम्किन पाइन्छ रु फेरि पनि मेरो तपाईंलाई चुनौती छ, कि यी आरोप पुष्टि गर्नुस्, होइन भने परिणामप्रति जवाफदेही हुन तयार रहनुस्।’

शान्ति प्रक्रियामा कहाँ अल्झाए

ओलीले शान्ति प्रक्रियामा आफूले भाजो नहालेको दाबी गरेका छन्। उनले शान्ति प्रक्रिया दाहाल र कांग्रेसले अल्झाएको आरोप लगाएका छन्। ‘तपाईंले मलाई शान्ति प्रक्रियाका काम अल्झिनुमा समेत दोषी देखाउने दुस्साहस गर्नुभएको रहेछ,’ ओलीको प्रतिवेदनमा छ।

 

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आफू सकारात्मक भए पनि सरोकारवाला पक्षबाट सहयोग नपाएको भन्दै दाहालतिरै दोष थुपारेका छन्।

तपाईं हात बाँधेर बसिरहनु भएको छ

प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहालसँग सल्लाह गरेरै सरकार सञ्चालन गरेको दाबी गरेका छन्। उनले कमीकमजोरी भए खुला रूपमा छलफल गरेरै अघि बढ्ने स्पष्ट पार्दै दाहालले आफ्नो जिम्मामा रहेका कामको रोडम्याप नै तयार पार्न नसकेको बताएका छन्।

 

‘स्थायी कमिटी बैठकबाट हामी दुई अध्यक्षले गर्ने काम स्पष्ट रूपमा बाँडिएको थियो। मेरो भागमा परेको सरकार सञ्चालनसम्बन्धी सबै कामको जसअपजसको जिम्मा मै लिन्छु।

 

पार्टीको नीतिगत निर्देशनको आलोकमा तपाईंसँग नियमित सल्लाह गरेरै सरकार सञ्चालन गर्दै आएको पनि छु। हाम्रा बीच अझ कतै केही कमीकमजोरी भएका भए खुला छलफल गरौं, सच्याऔं र अघि बढौं, मैले सधै यही भन्दै आएको छु।

 

तर के कमरेडले आफ्नो भागमा परेका कामको लेखाजोखा गर्नुभएको छ रु’ ओलीले दाहाललाई भनेका छन्, ‘कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनुभएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेका काममा प्रगति कति गर्नुभयो रु पछिल्लोचोटि १५ दिनभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम अहिले कहाँ पुग्योरु सचिवालय बैठकमा १० दिनभित्र यससम्बन्धी लिखित प्रस्ताव ल्याउँछु भन्नुभएको थियो, त्यो प्रस्ताव तयार भयो ? त्यसको रोडम्याप के–कस्तो बन्यो ?

 

ओलीले पार्टीको काममा आफूबाट भएका हस्तक्षेप र अवरोध देखाउन पनि दाहाललाई चुनौती दिएका छन्। उनले महाधिवेशनको तयारी विषयमा पनि दाहालसँग प्रश्न गरेका छन्।

 

‘महाधिवेशन तयारीका लागि बस्ने केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न केके गृहकार्य गर्नुभयो रु र, त्यसमा मसँग तपाईंले के सहयोग माग्नुभयो ? या मैले बाधाअवरोध पो पु¥याएँ कि रु मलाई थाहा छ, हामी जहाँको तहीँ छौं। पार्टी सञ्चालनको जिम्मा पाए पनि तपाईं हात बाँधेरै बसिरहनुभएको छ,’ ओलीले भनेका छन्।

भ्रष्टाचार प्रकरणमा छानबिन हुँदैछ

प्रधानमन्त्री ओलीले सरकारमा रहेका व्यक्तिहरूले भ्रष्टाचार गरिहेको भन्ने आरोपको पनि जवाफ दिएका छन्। उनले ओम्नीलगायत प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको जवाफ दिएका छन्।

 

उनले भ्रष्टाचारसम्बन्धी कतिपय आरोप निराधार रहेको दाबी गरेका छन्। ‘विगतदेखिका अनेकौं काण्डमा वर्तमान सरकारलाई जबर्जस्ती मुछेर गरिने भ्रमपूर्ण प्रचारका पछाडि कसको हात छ भन्ने कुरा क्रमशः खुल्दैछ,’ ओलीले भनेका छन्। उनले भ्रष्टाचारीले उन्मुक्ति नपाउने बताएका छन्।

कालापानी किन फिर्ता ल्याउनुभएन

कालापानीको विषयमा पनि ओलीले जवाफ दिएका छन्। उनले दुईपटक प्रधानमन्त्री हुँदा किन कालापानी फिर्ता ल्याउनुभएन भन्दै दाहाललाई प्रश्न गरेका छन्।

 

‘यससम्बन्धी मेरो एउटा सानो जिज्ञासाको जवाफ दिनुहुन्थ्यो कि कमरेड प्रचण्ड, कालापानी, लिपुलेक र लिम्पियाधुरा त झन्डै साठी वर्षदेखि भारतको प्रशासनिक र कार्टोग्राफिक नियन्त्रणमै थिए।

 

यस अवधिमा तपाईं दुईदुईचोटि प्रधानमन्त्री बन्नुभयो। लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो रु’ ओलीले प्रश्न गरेका छन्।

दाहाललाई ओलीको प्रश्न

कमरेडहरूमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो रु होइन भने फेरि किन सधैंभरि सरकार परिवर्तनको दौडधुप रु वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा सरकारमा को थियो रु ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो रु ललितानिवास प्रकरण कहिलेबाट र कोको हुँदै अगाडि बढेको थियो रु सबै स्पष्ट छैन र ?

 

-राज्यकोषमा करोडांैै आम्दानी थपिने यस्ता विषयमा तपाईंको असन्तुष्टि कतै तपाईंनिकट कुनै व्यापारिक घरानाको स्वार्थ पूरा नहुँदाको चिन्ता त होइन रु तपाईं दुईदुईचोटि प्रधानमन्त्री बन्नुभयो।

 

लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो ? २०७३ साउनमा दोस्रोपटक प्रधानमन्त्री बन्नुभएका तपाईंलाई आफू स्वयंले पहिलोचोटि प्रधानमन्त्री हँुदा कोसीमा आएको बाढीमा सहजीकरण गर्न भनेर अनुमति दिएको विराटनगरस्थित भारतीय सम्पर्क कार्यालयजस्तो मामुली विषय समाधान गर्न पनि किन गाह्रो प¥यो ?

 

-मैले भनेको होइन, कि त शान्ति प्रक्रियाका विषयमा मलाई विश्वास गर्नुस्, म सकारात्मक टुंगो लगाउँछु। होइन भने मुख्य सरोकार राख्ने तपाईं दुई पक्ष (तत्कालीन माओवादी र कांग्रेस) मिलेर जे विकल्प दिनुहुन्छ, म अगाडि बढाउँछु भन्दै तपाईंले नै होइन, आयोगमा नाम सिफारिसको प्रबन्ध गरेको ?

 

– तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो रु तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन् गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस्। खेलबाड गर्ने गल्ती नगर्नुस्।

 

– एमसिसीमा तपाईंक्र पालामा हस्ताक्षर भएको हो । ‘तपाईंले एमसिसी परियोजनाबारे पनि मलाई आक्षेप लगाउन भ्याउनुभएछ। तपाईंले उल्लेख नगर्नुभए पनि यथार्थ यही हो, यो सम्झौतामा तपाईंले नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी केन्द्र) र कांग्रेसको संयुक्त सरकार हुँदा हस्ताक्षर गरिएको हो।

 

अनि हस्ताक्षरकर्ता राष्ट्रवादी र जसले हस्ताक्षर गरेको भए पनि नेपालको तर्फबाट गरिएको हुनाले यसलाई कार्यान्वयन गरौं भनेर अगाडि बढाउन कोसिस गर्ने मचाहिँ कसरी राष्ट्रिय हितविरोधी । नागरिक दैनिकमा खबर छ।