यस्तो छ,आजको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर १४। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हालका लागि देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसअनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

 

त्यसैगरी आज राती देशभरको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यस्तै आज विहान ६ बजे काठमाडौंको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ ।

 

देशका धेरैजसो स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुका साथै तराई क्षेत्रका भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुने सम्भावना देखिएको विभागले जनाएको छ ।

 

जसअनुसार सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।