काठमाडौंको शंखमुलमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु,एक जना घाइते

काठमाडौं,मंसिर १४ । काठमाडौंको शंखमुलमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

 

शनिबार बेलुकी करिब सात बजेतिर शंखपुलबाट दोभान पुलतर्फ गइरहेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

 

दुर्घटनामा घाइते भएका ८८०० नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ का २२ वर्षीय सुदीप तिमल्सिनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

 

अर्का मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सानु खान घाइते छन् । उनको ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।