शिक्षा र स्वास्थ्य क्षेत्रका माफियाहरुको टाउकोमा घन हान्छौं: अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृण गजुरेल

  अध्यक्ष- हरिकृष्ण गजुरेल

१-तपाई अध्यक्ष हुनु भएको करिव दुई बर्ष भयो संगठनको गतिविधि कसरी अगाडी बढाउनु भएको छ ?

जो म  २०७५ साल माघ ८ गते सिराहा भेलामा अध्यक्ष भए त्याे दिनबाट मैले शैक्षिक क्षेत्रमा देखिएका विकृती विसंगतिको अन्त्य गर्दै शिक्षा र स्वास्थ्यलाइ पूर्णरुपमा राष्ट्रिय करण गरेर निशुल्क र सर्वसुलभ शिक्ष बनाउनाको निम्ति निरन्तर रुपमा गतिविधिलाइ अगाडी बढाउने काम गरी रहेका छाै ।

 

अब क्रमश हामीले शिक्षा र स्वास्थ्य क्षेत्रका माफिया,दलाल, भ्रष्टहरुको कब्जामा हुँदा यसलाइ आम जनताको पहुँचमा पु-याउनु पर्छ र आम सर्वसाधारणको पहुँचमा पु-याउन शिक्षा र स्वास्थ्यको पूर्ण दाहित्व राज्यले लिनु पर्छ भनेर निरन्तर हामीले संर्घषलाइ अगाडी बढायौं।

 

हामी आन्दोलित भयौं र त्यही सिलसिलामा विभिन्न प्रकारका आन्दोलन र संर्घषका कार्यक्रमहरलाइ अगाडी बढाउदै जाने क्रममा २०७६ साल बैंशाख महिनाको अन्तिम देखि हामीले त्रिविसेवा आयोगमा लामो समय आन्दोलन गयौं।

 

त्यस पछाडी शैक्षिक क्षेत्रमा देखिएका विकृति विसंगतिको अनत्य गर्ने र शिक्षा र स्वास्थ्य क्षेत्रलाइ बैज्ञानिक बनाउने भन्ने निती अनुरुप हामीले हरेक प्रकारका संर्घषका गतिविधिलाइ उठाउने काम गरेयौं कतिपय एकल संर्घषलाइ अगाडी बढायौं र मुद्धा मिल्ने कतिपय विद्यार्थी संगठनसँग जोडिएर संर्घषका कार्यक्रमलाइ अगाडी बढायौं।

 

त्यसै गरी हाम्रो माउ पार्टी नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले आयोजना गर्ने हरेक प्रकारका संर्घषका कार्यक्रममा सहभागीता पनि जनायौं र हामीले निरन्तर रुपमा शैक्षिक दलाल र माफियाहरुलाइ कारवाही गर्नु पर्छ र माफियाहरुको टाउकोमा घन नहान्ने हो भने शिक्षा र स्वास्थ्यमा देखिएका विकृती विसंगतिको अन्त्य गर्न सम्भव छ।

 

त्यस कारणले गर्दा तमाम विकृति विसंगतिको अन्त्य गर्न अहिलेको दलाल राज्य व्यवस्थाबाट सम्भव छैन। त्यसले अब नेपालमा जनविद्रोहबाट मात्र संघिय जनगणतन्त्रको स्थापना पछि मात्र शिक्षा र स्वस्थ्यको पूर्ण दाअित्व राज्यले लिन सम्भव छ ।

 

त्यसै गरी शिक्षालाइ वैज्ञानिक र जनवादी गराउन सम्भव छ। शिक्षालाइ सर्भसुलव र राष्ट्रिय करण र निशुल्क गराउन सम्भव छ, भन्ने कुरालाइ आत्म साथ गर्दै हामी निरन्तर संर्घषका कार्यक्रमलाइ अगाडी बढाउदैं छौ । तर विडम्बना कोभिड- १९ ले गर्दा चैत्र ११ गतेदेखी लकडाउन सुरू भएर जो खालको स्थिति पैदा भएको छ, आम शैक्षिक गतिविधिलाइ नै त्यसले एउटा ढंगले निस्तेज पार्ने काम भएको छ।

 

हाम्रो मुख्य मुद्धा शैक्षिक आन्दोलनका साथ साथै जनतन्त्र र जनजिविकासँग जोडीएका मुद्धालाइ पनि सँगै लानु पर्ने विद्यार्थीहरुको दाहित्व हो। देशमा भएका तनाम विकृति विसंगतिको अन्त्यको निमति पनि अहिलेको दलाल प्रतिकृया राज्य सत्तालाइ ध्वस्त र्गदै जनताको जनावादी राज्य व्यवस्थाको स्थापनाको निमति पनि विद्यार्थी आन्दोलनलाइ सशस्त्र वनाएर लानु पर्छ भनेर अब हामी अगाडी बढीराखेका छौ । त्यही भएर निरन्तर संर्घषरत छौ ।

२ -अखिल क्रान्तिकारीको संगठन देश व्यापी रुपमा कसरी अगाडी बढेको छ ?

हामीले लकडाउनको अवधि भन्दा अगाडी सम्म पुग्दा देशव्यपी रुपमा शैक्षिक आन्दोलनलाइ एउटा नयाँ हाइटमा उठाउने प्रक्रियामा थियौं । एउटा उभार पैदा हुँदै थियो र अहिले सम्म आउँदा शैक्षिक विद्यार्थी आन्दोलन एउटा नयाँ चरणमा प्रवेश गरि सकेको हुन्थ्यो। तर कोभिड- १९ ले गर्दा सबै भन्दा बढी प्रभावित पारेको क्षेत्र मध्यको एउटा शैक्षिक क्षेत्र नै हो। त्यसो भएको हँदा हामीले जति स्वचेका थियौं।

 

त्यो अनुसार त परिथितीले गर्दा हुन सकेन तर पनि अब शिक्षा क्षेत्रका विकृति विसंगति शिक्षा र स्वास्थ्य क्षेत्रमा दलाल, माफियाहरुको कब्जामा रही रहन्छ र राज्यले जव सम्म जिम्मा लिदैन त्यही समय सम्म हाम्रो आन्दोलन घट्ने होइन झन चर्किदै जाने अवस्था आउन सक्छ।

 

देश व्यापीरुपमा अब हमी शैक्षिक माफिया दलालहरुको विरुद्ध भण्डाफोर गर्दै आवश्यक पर्दा कारबाही गर्दै अगाडी बढछौं आन्दोलन र संर्घषलाइ,सशस्त्र बनाएर दुइटै कुरालाइ अगाडी बढाउ छौं। विद्यार्थी आन्दोलनलाइ नयाँ ढंगबाट अगाडी बढाउने हाम्रो योजना रहेको छ।

३ -तपाई अध्यक्ष भए पछि देशव्यापी रुपमा संगठन विस्तार कति गर्नु भयो ?

अब हमीले हाम्रो संरचना सबै प्रदेशमा र केही जिल्ला बाहेक अधिकाशं जिल्लामा हाम्रो संगठनको रहेकाे छ। कोभिड -१९ ले गर्दा यो किसिमको असर नपारेको थियो भने अहिले सम्म हामीले शैक्षिक आन्दोलनको उभार सृष्टि गर्थ्र्याै र शैक्षिक माफिया र दलालहरुलाइ खेत्ने किसिमको आन्दोलनको आधिवेरी सृष्टि गरि सक्थ्यौ तर यो कोभिड -१९ को कारणले गर्दा केही यो स्थगित भएको जस्तो मात्र देखिएको छ ।

 

अब यो परिस्थिति अलिकति सहजतामा जान्छ हामीले शैक्षिक आन्दोलनलाइ देशव्यापि रुपमा लिन्छौ र एक करोड विद्यार्थीको प्रतिनिधित्व अखिल क्रान्तिकारीले गर्छ ।

 

त्यसो हुँदा हामीले एक करोड विद्यार्थीको भाग्य र भविष्यको निम्ति अब हामी देशव्यापिरुपमा आन्दोलनको सृष्टि गर्दै संर्घष र संगठनको तालमेल मिलाएर जान्छाै ।

 

अब हामीले शैक्षिक माफियाहरुलाइ नयाँ धक्का दिन्छौ र शैक्षिक माफिया र दलालहरुलाइ पुरै तराई- तराई बनाउछौ। आवश्यक पर्याे भने हामीले यिनीहरुलाइ कालाे मुसाे दलेर  खेद्छौ र माफियाहरुलाइ पानी मुनी गए पनि छोड्नेवाला छैनौ । अब आवश्यक परेमा यिनीहरुलाइ ठोक्छौ ,खेद्छौ र लखेट्छाै, हाम्राे संगठनले अब माफियाहरूलाइ कुनै हालतमा नछाेड्ने चेतावनी समेत दिन चाहान्छु।

४- अखिल क्रान्तिकिारीले शिक्षा स्वास्थ्य क्षेत्रको व्यापारी करण रोक्न कस्तो भूमिका खेलेको छ ?

पहिलो त हामीले शैक्षिक माफियाहरुले मनपरि ढंगले शुल्क नलिन खबरदारी गर्नेकाम गरेका थियौं ।त्यस्तै विश्वविद्यालयको सन्दर्भमा त्रिवि सेवाआयोगको जो गतिविधि थियो ,अनैकि,अनिमिता र मनपरीढंगले काम भएको थियो। त्यसको विरुद्ध हामीले २९ दिन लामो संर्घष गयौं र अन्य पनि संर्घषका कार्यक्रम गयौं त्यसै गरि हामीले कतिपय संयुक्त विद्यार्थीहरुसँग पनि केही आन्दोलन गयौं।

 

त्यसै गरी पूर्वाञ्चल विश्वविद्यालयको गतिविधिसँग जोडीएका विषयलाइ लिएर पूर्वाञ्चलमा पनि केही गतिविधि गयौं। त्यस्तै पोखरा विश्वविद्यालयसँगका विषयमा पनि केही हामीले गतिविधि अगाडी बढाउने ढंगले पहल कदमी गयौं र समग्रमा हामीले सबै ढंगबाट गतिविधि अगाडी बढाएका थियाैं।

 

त्यसै गरि विद्यालय स्थरमा पनि निजी शैक्षिक सस्थाहरुले पनि मनपरी ढंगले शुल्क लिने काम गरी राखेका थिए । त्याहाँ जुनखालको मापदण्ड थियो त्यो मापदण्डलाइ पुरा नगरीकन जो उनिहरुले आफ्नो ढंगले मनपरि गरी राखेका थिए । त्यो मनपरिका विरुद्धमा पनि हामीले केही संर्घषका कार्यक्रम गरेका थियौ।

 

त्यस्तै विदेशी सम्बन्धन प्राप्त जो शैक्षिक सस्थाहरुले जो गतिविधि गरेका थिए। उनिहरुका विरुद्धमा पनि हामीले खबरदारी गर्ने सन्दर्भमा अगाडी बढायौं तर संगठनको साथ -साथै संघषको आधिवेरी सृष्टि गर्न अगाडी बढदै थियौं।

 

यो कोभिड १९ को कारणले गर्दा केही आन्दोलन पछाडी देखिनु स्वाभाभिकै हो । अहिले समग्रमा के देखिन्छ भने हामीले चाहे अनुसार समग्र देशलाइ नै (उइ आउट ) गर्न नसकेको स्थितिहुँदा हुँदै पनि यो बेलामा हामीले राष्ट्रियता जनजिविका जनतन्त्रसँग जोडिएका आन्दोलन हरुलाइ पनि हामीले अगाडी बढायौं र शैक्षिक आन्दोलन सँगै स्वास्थ्य क्षेत्रसँग जोडिएका केही आन्दोलन पनि साथ साथै अगाडी बढाएका थियौं।

 

त्यसै गरी राष्ट्रियताको विषयमा पनि हामीले आन्दोलन गरेका थियाैं जस्तै: एमसिसिको विरोधमा पनि हामीले कार्यक्रम गयौं त्यस्तै लिम्पियाधुरा, लिपुलेख,कालापानीसँग जोडीएका विषयलाइ लिएर पनि हामीले संर्घषका कार्यक्रम गयौं ।

 

भरतीय विस्तारवादको हेपाहा प्रवृतिकोविरुद्ध कतिपय संर्घषका कार्यक्रम गयौं ,किन कि विद्यार्थीले गर्ने कार्यक्रम भनेको विद्यार्थीको लागी मात्र होइन विद्यार्थी भनेका राष्ट्र निर्माणका पहरेदार पनि भएकोले हामीले शैक्षिक मुद्धा मात्र नभएर तमाम यहाँका विकृति र विसँगतिका विरुद्ध राष्ट्रियता,जनजिवीका र जनतन्त्रलगायतका हरेक प्रकारका जनतासँग जोडीएका गतिविधिलाइ लिएर पनि हामीले संर्घष गयौं ।

 

 

त्यसो हुँदा हामीले अहिलेका जो परिस्थितिमा दलाल प्रतिकृयावादी राज्यव्यवस्थाले जो गतिविधि संञ्चालन गरिराखेको छ। यसलाइ हामीले भन्डाफोर गदैं यसलाइ हामीले अगाडी बढायौं। तर पनि केहो भन्दा जति हामीले गर्न सक्थ्यौ तेति कोभिड १९का कारण त्यो हुन नसक्नु सोभाविक हो ।

 

हामीले अरु विद्यार्थी संगठन भन्दा हाम्रो अखिल क्रान्तिकारीले राम्रौसँग दलाल प्रतिकुयावादीहरुको विरुद्ध धावा बोलेकै छ ।अब हामीले एउटा ढंगले आन्दोलनको गति अगाडी बढाउछौ हामीले धेरै कामहरु गर्न बाँकी छन्।

 

 

हामी त्यो काम गछौं र एउटा नयाँ आन्दोलनको आधिवेरी सृष्टि गरेर हामीले शैक्षिक र स्वास्थ्य क्षेत्रका मुद्धाका साथ साथै राट्रिष्यता जनजीवीका र जनतन्त्रका विषयमा जोडीएका मुद्धालाइ एक साथ अगाडी बढाउछौ र नेपालमा नयाँ वातावरण तयार गर्दै जनताको राज्यव्यवस्था स्थापनाको निम्ति विद्यार्थीहरुले साँचै एउटा पहरेदारको भूमिका निर्वाहा गरेर हामी त्यस्लाइ अगाडी बढाउने प्रतिवद्धताका साथ लागि राखेका छौ।

५ -अहिले कोभिड १९ का कारण शिक्षा क्षेत्र निकै थला परेको छ । तापाईको संगठनको कास्तो भूमिका खेलेको छ ?

हामीले के भनेका छौ भने शिक्षा र स्वास्थ्यको दाहित्व पूर्णरुपमा राज्यले लिनु पर्ने भएको हँदा अहिले निजि शैक्षिक सस्थाहरुको पनि जिम्मा सरकारले लिनु पर्छ यो एउटा मौका पनि हो। सरकारले सबै शैक्षिक संस्थाहरुलाइ आफ्नो माताहात ल्याउनु पर्छ ।

 

राज्यले संञ्चालन गनु पर्छ यो एउटा अवसर पनि हो चुनौति पनि हो। त्यसो भएको कारणले गर्दा हामीले के भनेका छौ भने निजी शैक्षिक संस्थाहरुलाइ पूर्णरुपमा सरकारकाे माताहातमा ल्याउनु पर्छ ।  विद्याथीहरु सामुदाहिक स्कुलहरुमा अध्यान गर्न प्राेसान गर्नु पर्छ। 

 

त्यस्ताे भएको हुँदा सबै शैक्षिक सस्थाहरलाइ पूर्णरुपमा राज्यको दाहित्व भित्र ल्याउनु पर्छ हामीले भनि राखेका छौ सामुदाहिक र सरकारी शैक्षिक सस्थाहरुको स्थर उन्नति गर्नु पर्छ गुणस्थरीए शिक्षा लागु गर्नु पर्छ।

 

त्यहाँका विकासका वूवार्धाहरु पूरा गर्नु पर्छ त्यहाका भौतिक पूवार्धा पूरा गनु पर्छ र पूर्णरुपमा राज्यले त्ययो खालको वातावरण तयार पारेर राज्यले जिम्मा लिनु पर्छ ।

 

अब निजि शैक्षिक संस्था र निजि स्वास्थ्य सस्थाको अन्त्य गर्दै शिक्षा र स्वास्थ्यलाइ पूर्णरुपमा निशुल्क गर्दै राज्यले जिम्मा लिनु पर्छ भनेर अब हामी यसलाइ संघषको रुपमा अगाडी बढाउछौं ।

 

अब जो कोही शैक्षिक,माफिया,तस्कर,भ्रष्ट भए पनि यिनीहरुलाइ घन हानेर ठोक्नु पर्छ अब पनि सरकारले ठोक्दैन भने अखिल क्रान्तिकारीले ठोक्छ , हामी ठोक्छौ र अब हामी पानी मुनि गए पनि शैक्षिक माफिया तस्कर भ्रष्टहरुलाइ   कुनै हाल्तमा छोड्नेवाला छैनौ म तपाइलाइ यहीबाट संगठनको अध्यक्षको हैसियतले भन्छु।

 

यी माफियाहरुको जालो धोस्त गछौ यी माफियाहरुलाइ कुनै हालतमा हामी छोड्नेवाल छैनौ शिक्षा र स्वास्थ्यको नाममा अब लेट्न पाइदैन दलालीकरण गर्न पाइदैन र यसमा कसैले दाया माया गर्छ भने अखिल क्रान्तिकारीले घन हानेर टाउकोमा टाउको फोर छ।

 

कारबाही गछौ अब कुनै हाल्तमा अखिल क्रान्तिकारीले छोड्नेवाल छैन भन्ने चेतावनी दिन चाहान्छु ती माफियाहरुलाइ यहीबाट चुनौती दिन चाहान्छु माफियाहरु खबरदार होसियार अब तिमीहरुको टाउकोमा घन हान्ने दिन आउदै छन् ।

६- तपाईहरुले अन्य संगठनसँग पनि कार्यगत एकता गर्नु भएको थियो। किन र केका लगि कार्यगत एकता गर्नु भयो?

कार्यगत एकता भनेको मुद्धाको आधारमा हुने हो त्यो स्थायी खालको हुँदैन मुद्धा मिल्दा कार्यगत एकता हुन्छ कतिपय शैक्षिक मुद्धाहरु एजेन्डाहरु मिल्दा खेरी कार्यगत एकता हुन्छन्। मुख्यत हामीले आफ्नो शक्तिलाइ जोड दिने हो र हामीले आफ्नै शक्तिलाइ जोड दिएका छौ र आवश्यकतामा अनुसार कार्यगत एकता गरेकाछौ र गर्दै जाने छौ।

७- विद्यार्थी संगठनका नेताहरुले शैक्षिक क्षेत्रका माफिया,दलाल,भ्रष्ट भन्ने अनि शिक्षा स्वास्थ्य क्षेत्रका माफियाहरुसँग मिलेर चन्दा लिने आरोप छ नि । तपाइहरु पनि त्यसरी नै चन्दा लिनु हुन्छ या यस्तो आरोपलाइ के भन्नु हुन्छ ?

तपाइले जो कुरा उठाउनु भयो साँचै एउटा कुरा विद्यार्थी आन्दोलन धारासाही हुने भनेको विद्यार्थी संगठनका नेताहरुले नै गर्दा हुने हो तिनै विद्यार्थी नेताहरु शैक्षिक माफिया दलाल,भष्ट र तस्करहरुसँग मिलेर आर्थिक चलखेल गर्ने र अर्थवादमा फस्ने रोगले गर्दा पनि विद्यार्थी आन्दोलन धाराशाही हुनुको एउटा मुख्य कारण त्यो हो ।

 

त्यस्तो भएको कारणले गर्दा अहिले हामीलाइ पनि त्यस्ता मान्छेहरुले गोलमालरुपमा आरोप लगाइ रहेका छन्। यही बाट म प्रस्ट भन्न चाहाँन्छु । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को अध्यक्षको हैसियतले म आम आदाणीय विद्यार्थी साथीहरु अभिभावकहरु र आम जनसमुदाय आमा बुबा दाजुभाइ दिदिबहीनीहरुलाइ म के अपिल गर्दछु भने हामी शिक्षा र स्वस्थ्य पूर्णरुपमा राष्ट्रिय करण, निशुल्क,र सर्बशुलभ हुनु पर्छ र शिक्षा वैज्ञानीक र जनवादी हुनु पर्छ भन्दै हामी निरन्तर संर्घषरत छौ तर पनि यँहा विभिन्न खालका जो आरोपहरु जो खालको परिथीतिहरु जुन ढंगबाट आइराखेका छन् ।

 

म यही बाट भन्न चाहान्छु अखिल (क्रान्तिकारी)लाइ ती शैक्षिक माफिया ,दलाल ,भष्ट र तस्करहरुको पैसा चाँहीदैंन हामी ठोक्छौ कि भने ती माफीयाहरुको पैसा नभएर हामीलाइ कुनै पनि आपति छैन किन की हामी दु:ख गछौ हामी मिहिनेत गछौ श्रम गछौ हामी गरिब जनताहरुको र गरिब जनताका छोराछोरीहरुको मुक्तिको लागी अगाडी बढी रहेका छौ।

 

आम गरिब जनताका छोराछोरीको पढन् पाउने हक अधिकार स्थापित गर्नको लागि संर्घषरत छौ। म चुनौती दिन चाहन्छु कुनै पनि विद्यार्थी संगठनले त्यसो गरेका रहेछन् भने त उनिहरुको कुरा रयो त्यो पनि तपाइहरुले प्रचार गर्दिनुहोस् अखिल (क्रान्तिकारी)लाइ शैक्षिक माफिया ,तस्कर ,भष्टहरुको पैसा चाहीदैन भिगमागेर अगाडी बढ्रदैन अखिल (क्रान्तिकारी) तिनिहरु जस्ता शैक्षिक,माफिया दलाल भष्टहरुको चगुलमा फस्ने संगठन होइन ।

 

त्यस्तै अर्को कुरा निजी शैक्षिक सस्थाहरुमा जो दश प्रतिशत छात्रवृत्तिको कुरामा पनि घोटाला भइराखेको छ। आफ्ना आसेपासेहरुलाइ छात्रवृत्ति दिएको छ। गरिबका छोराछोरीको लागी छुट्याएको छात्रवृत्तिमा पनि शैक्षिक माफियाहरुले व्यापार गरि रहेका छन् ।

 

अब त्यस्ता विषयमा हाम्रो संगठन सशक्त भएर अगाडी बढ्ने छ। त्यस्ता माफियाहरुलाइ अब हाम्रो संगठनले कारबाही गर्छ भने म अध्यक्षको हैसियतले सम्पूर्ण विद्यार्थी अभिभावकहरुलाइ विस्वस्थ पार्न चाहान्छु ।

 

त्यस्तै अब तिन करोड नेपाली जनताका छोरा छोरीले निशुल्क शिक्षा पाउनु पर्छ त्यस्तै तिन कारोड नेपाली जनातले निशुल्क स्वास्थ्य उपचार पाउनु पर्छ अब राज्यको दाहित्व हो राज्यले त्यो गर्नु पर्छ । अखिल क्रान्तिकारीलाइ शैक्षिक माफियाको पैसा चाहीदैन अब शैक्षिक माफियाहरुलाइ भाटेकारबाही गरेर भए पनि तहलगाउ छौ।

८- तपाईको संगठनले लकडाउनको वेला शुल्क लिन पाइदैन भन्दै आन्दोलन गर्नु भयो तर विद्यालयले शुल्क असुल्ने काम बन्द गरेन्न, तपाईहरुको आन्दोलनको खासै प्रभाव देखिएन नि ?

हामीले त यो तुलनात्मक रुपमा कार्यन्वयन भएको छ। तर हामीले के अपिल गरेका छौ भने अभिभावक ज्यूहरुलाइ पनि जर्वजस्ति ताकेता गरेका छन् भने हामीलाइ सुचना दिनुहोस् भनेका छौ।

 

यदि त्यस्तो भेटिएमा ठाउँको ठाउँ गएर कारबाही र्गछौ हामीलाइ अभिभावक विद्यार्थीहरुले भने पछि शुल्क लिएको नलिएको थाहा हुन्छ हामी आफैले गएर बुझ्दा शैक्षिक माफियाहरुले भन्ने गरेका हुन्छन् हामीले कुनै पनि शुल्क लिएको छैन।नभनेर हामीलाइ कसरी थाहा हुन्छ त्यो कुरा त विद्यार्थीले भने पछी हामी ठाउँको ठाउँ गएर माफियाहरुलाइ कारबाही गछौ ।

 

शैक्षिक सस्था संञ्चालन नगरुनजेल सम्मको शुल्क लिन पाइदैन हामीले भनेका छौ शैक्षिक सस्था संञ्चाल भए पछि मात्र शुल्क लिन पाइन्छ भनेका छौ हामीलाइ सुचना दिनुहोस् यस्ता माफियाहरुलाइ कारबाही अखिल क्रन्तिकारीले गर्ने छ भन्ने सबैमा विश्वास दिलाउन चाहान्छु ।

९ – आगामी दिनमा संगठनलाइ कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ?

हामीले मुख्य त शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति विसंंगतिको अत्य गर्नको निम्ति शैक्षिक माफिया दलाल ,तस्कर भष्टहरुको भन्डाफोर गर्ने उनिहरुलाइ तृर्ष्कार गर्ने कारबाही गर्ने आश्यक परेमा ठोक्ने योजनासहित निजी शैक्षिक सस्था स्वास्थ्यहरुलाइ पूर्ण निशुल्क गर्न सरकारलाइ दबाव दिन्छौ र जनतालाइ सूचित गर्दै संगठनलाइ अगाडी बढाउने योजनासहीत हामी अगाडी बढी रहेका छौ ।

१०- तपाईले अध्यक्ष हुने बेला गरेका प्रर्तिबद्धता अहिले सम्म कति पुरा गर्नु भयो ?

मैले अध्यक्ष हुनेवेला गरेका प्रतिवद्धता धेरै पुरा गर्दै आएको छु अझै केही बाँकी छन् म अध्यक्ष रहुनजेल सम्म मैले गरेका प्रतिवद्धता पुरा गर्दै जाने पूर्ण विश्वास लिएर अगाडी बढेको छु ।

 

अब हामी शैक्षिक माफियाहरुलाइ तहलगाउदै शिक्षा स्वास्थ्य क्षेत्रमा भएका विकृति विसंगतिहरुलाइ हटाउदै शिक्षा क्षेत्रलाइ सुधार गर्दै अगाडी बढाउने हामीले प्रतिबद्धता गरेका थियौ ।

 

अहिले हामी त्यसै गरि अगाडी बढ्दै शिक्षा क्षेत्रका माफियाहरुलाइ तहलगाउदैं अब पनि माफियाहरुले नमानेको खण्डमा घनले टाउकोमा हान्छौ र केही शैक्षिक मुद्धा स्थापित गर्दै अगाडी बढछौं त्यस पछि संगठनलाइ नयाँ तरिकाबाट अगाडी बढाउछौं र हामीले गरेका प्रतिवद्धता पुरा गर्ने कोशीस गर्ने छौ।

११- तपाई क्रान्तिकारी माओवादी पार्टीको केन्द्रिय सदस्य पनि हुनुहुन्छ अहिलेको नेकपाको कम्युनिस्ट सरकार प्रर्ति र सिंगो कम्युनिस्टहरु प्रति जनताको मन भावना कस्तो बुझनु भएको छ ?

अब अहिले डबल नेकपा जस्ले सरकारको नेतृत्व गरिरहेको छ। यो कम्युनिष्ट नामको कलंक हो । यो वास्तविक कम्युनिष्ट पार्टी होइन किन कि जसले कम्युनिष्टको मुल्य मान्यतालाइ आत्मसात गर्दैन त्यो कसरी कम्युनिष्ट हुन सक्छ ।

 

त्यस्तै अहिले त्यहाँ भित्रको घर झगडा हेर्नु भयो भने उनिहरुको कसरी लुट्न सकिन्छ भन्ने बाहेक अरु केही पनि होइन । उनिहरुले मुलुकलाइ विकासको दिशा तिर लग्ने मुलुकलाइ समृद्ध बनाउने शिक्षा,स्वास्थ्यलाइ पूर्णरुपमा राष्ट्रियकरण र सर्वशुलभ गराउने जनजिवीकाको ग्यारेन्टि गर्ने ,राष्ट्रियताको शुनिच्ति गर्ने जस्ता कुराको लडाइ होइन,त्यहा कसैले पनि त्यो लडाइ लडिराखेका छैन्न।

 

त्यहाँ एउटै लडाइ भनेको कस्ले भन्दा कसले बढी लुट्न पाइन्छ । दलाली गर्न पाइन्छ,तस्करी गर्न पाइन्छ , भष्टचार गर्न पाइन्छ। कसरी हुन्छ आफ्ना नातागोता पर्नेलाइ भागबन्डा मिलाउन र जागिर खुवान सकिन्छ भन्ने कुरामा हो उनिहरुको लडाइ झगडा यस्तै कुरामा गरेको हाे।

 

त्यसैले डबल नेकपा भनेको यो लुटाहा,फटाहा,गुडाहरुको पार्टी हाे। यिनिहरुको लडाइ भनेको लुट्ने लडाइमात्र हो केपी ओली,पुष्पकमल दाहाल प्रचण्ड,माधब कुमार नेपनल,झल्नाथ खनाल, बामदेव गौतमलगायतका जति पनि नेताहरुको रसाकसी हो यो रसाकसी भनेको स्वाथको रसाकसी हो यो पार्टीको,जनताको अधिकारको निम्ति होइन ।

 

यो भनेको आफ्नो स्वार्थको निम्ति हो लुट्नको निम्ति हो कसले बढी तस्करी,भष्टचार गर्न सकिन्छ भनको निम्ति हो उदारणको लागि ओमनि गुरुप यति समूह जस्तालाइ ठेका दिन्छन् ।

 

त्यो जनतालइ स्पष्ट भइ सकेको कुरा हाे। त्यस्ताहरुको संरक्षण र खुल्म खुला भष्टचार गर्नलाइ यीनीहरुको लाडइ हो। अब जनताले डबल नेकपालइ साथ दिनेवाला छैनन् नेकपा त अब खरानीको थुप्रो भइ सकेको छ कति बेला भत्यङ भुतुङ हुन्छ थाहा छैन।

 

अब नेकपाको औचित्य समाप्त भयो अब डबल नेकपाको कुनै अर्थ औचित्य छैन यिनीहरु भनेका लुट्नको निम्ति मात्र हो भन्ने कुरा आम जनताहरले बुझि सकेका छन् ।

 

यिनिहरुको दुइतिहाइ केका निम्ति देशका समवृद्धिको निम्ति यिनीहरुले बहस गरेका छन् , विकासको निम्ति बहस गरेका छन् , राष्ट्रियताको निम्ति बहस गरेका छन्, कसैले बहस गरेका छन् केपी आलीले बहस गरेका छन् प्रचण्डले बहस गरेका छन् त्योत छैन ।एउटै मात्र केहो भने कसरी लुट्न सकिन्छ भन्ने मात्र बहस केिन्द्रत छ।

 

त्यस कारण यिनिहरुलाइ त अब गाउँ गाउँ बाट बस्तिवस्तिबाट अब जनताले खेत्ने बेला आएको छ। जनताले खेत्छन्। अबको विकल्प भनेको नेकपा क्रान्तिकारी माओवादी पार्टी मात्र हो अब को विकल्प हामी दिन्छौ अब यो मुलुकमा जनवादी क्रान्ति हुन्छ नयाँ जनवादी क्रान्ति हुन्छ अब त्यसको नेतृत्व हामीले गर्छौ। यहाँ को प्रतिकृया राज्यव्यवस्थालाइ ध्वंस्त गर्नु पर्छ।

 

हामी वास्तविक कम्युनिष्ट पार्टी हो वास्तविक कम्युनिष्ट हुनुको नाताले समग्र कम्युनिष्ट क्रान्तिकारीहरुलाइ गोलबन्द गदै अबको मुल कम्युनिष्ट पार्टीको नेतृत्व अब हाम्रो पार्टीले गर्छ र हामी युवाहरुले गर्छाै।

१३- अन्तिममा तपाईका केही छुटेका कुरा भए भनिदिनु हाेस् न ?  

मुख्य त अहिलेको केपी ओली नेतृत्वको दलाल प्रर्तिकृयावादी सरकार धेरै लामो दिन टिक्ने वाला छैन। त्यस कारण अबको विकल्प भनेको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी नै हो ।

 

शिक्षा र स्वास्थ्यलाइ आमुल परिवर्तनको निम्ति नेतृत्व दाही भुमीका निर्वाहा गर्दै आइराखेको अबको विकल्प भनेको अखिल (क्रान्तिकारी) हो त्यसो हुँदा खेरी आम जनसुदाय र विद्यार्थी साथीहरु र अभिभावक ज्यूहरुलाइ पनि म के अपिल गर्न चाहान्छु भने तपाइहरुलाइ परेका समस्याहरु र तपाइहरुलाइ शुल्क तिर्न शैक्षिक माफियाहरुले ताकेता गरेका छन् भने अखिल (क्रान्तिकारी)लाइ सुचना दिनु होस् हामी शैक्षिक माफियाहरुलाइ ठोक्छौ।

 

योमुलकमा भएकाका सबै प्रकारका विसंगति विकृर्तिको अन्त्य गर्दै मुलुकलाइ सुन्दर मुलुको रुपमा रुपान्तरण गर्दै स्वादिन मुलुकमा रुपान्तरण गर्दै समुन्त रुपमा रुपान्तरण गर्दै विश्वको एक नमुना देशको रुपमा रुपान्तरण गर्दै नेपाललाइ साँच्चै नमुना नेपालको रुपमा रुपान्तरण गर्न सफल हुने छौ । दलाल,भष्ट,तस्कर,माफियाहरुलाइ लखेट्न जरुरी छ ।

 

त्यसको लागी अबको विकल्प भनेको नेकपा (क्रान्तिकारी माओवादी) नै हो र सबैले अब (क्रान्तिकारी माओवादी)मा गोलबन्द भएर अहिलेको विकल्प संघिय जनगणन्त्र स्थापना गरेर राष्ट्रलाइ समृद्ध मुलुक बनाउन सबै अगाडी बढौं । भन्दै सबैलाइ अपिल गर्न चाहान्छु ।