जनताको मौलिक अधिकार नियन्त्रण नगर्न देजमो नेपालको सरकारलाइ चेतावनी (प्रेस वक्तव्यसहित)

काठमाडौं , मंसिर १९। देजमो नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा सरकारले कोरोना महामारीलाई बहाना बनाएर सडक संघर्ष गर्न पाउने जनताको मौलिक अधिकार माथि नियन्त्रण गर्ने सरकारको निर्णयप्रति विरोध गर्दै निम्नअनुसारको प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ ।

जनताको मौलिक अधिकार माथि नियन्त्रण गर्न पाइँदैन !

कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेर आलोचित र बदनाम भैरहेको ओली नेतृत्वको यो सरकारले कोरोना महामारीलाई नै बहाना बनाएर सडक संघर्ष गर्न पाउने जनताको मौलिक अधिकार माथि नियन्त्रण गर्ने जुन निर्णय गरेको छ, त्यसको कडा शव्दमा विरोध गर्दैैं त्यसलाई फिर्ता लिन पनि हामी जोडदार माग गर्दछौं । यदि सो निर्णयलाई फिर्ता लिइएन भने कोभिड–१९ का मापदण्ड माथि समेत ध्यान दिँदै थप सडक संघर्षमा उत्रिन पनि हामी जनसमुदायलाई आह्वान गर्दछौं ।

सी.पी गजुरेल

अध्यक्ष

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल

२०७७/०८/१९