राष्ट्रिय परिचयपत्रबारे गलत प्रचार

काठमाडौं,मंसिर २४। परिचयपत्र बनाएपछि सरकारबाट राशन र आर्थिक सहयोग प्राप्त हुने गलत प्रचारप्रचार गरिएको पाइएको छ । सोका कारण जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा बिहानदेखि महिलाको भीड लाग्ने गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र राशन कार्ड नभइ डिजिटल नागरिकता हो भनि सूचना जारी गरे पनि कार्यालय परिसरमा उपस्थित महिलामा कुनै प्रभाव परेको देखिएको छैन ।

 

कार्यालयका सुरक्षाकर्मीका अनुसार परिचयपत्र राशन कार्ड होइन भनि भन्दा पनि महिला सो कुराको वास्ता नगरी परिसरमा बिहानदेखि बेलुकासम्म बस्ने गरेका छन् ।

ग्रामीण क्षेत्रका केही अगुवाले राष्ट्रिय परिचयपत्रबाट दलित समुदायले राहत सामग्री र आर्थिक सहयोग पाइने भनि गलत प्रचार गरिएको जनाइएको छ । रासस