दर्शन प्रणालीभित्र दार्शनिक पक्षधरताको प्रश्न 

दार्शनिक फाँट अन्तरगत दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको प्रश्न एक महत्वपूर्ण प्रश्न हो । उत्पत्तिसंगै दर्शनले वर्गीय पक्षधरता कायम राख्दै आएको छ । वर्गसमाजमा दर्शनले निश्चित वर्गको पक्षधरता कायम गरेको हुन्छ । मानव समाजमा जब वर्गको जन्म तब दर्शनको पनि जन्म भएको थियोे ।दर्शन कुनै ठाउँ विशेषको , दर्शन कुनै  स्थान विशेषको हुदैन । त्यो वर्ग विशेषको हुन्छ । अर्थात् दर्शन वर्गीय हुन्छ । यहाँ  दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको विषयलाई मुख्य विषयसंग अन्तर्सम्बन्धित रहेर यो दार्शनिक आलेख लेख्ने प्रयत्न गरिएको छ ।

दर्शनको जन्म कहिले भयो ? दर्शन भनेको के हो ? र दर्शनको विकास कसरी भयो ? आदि विषयबाट यो आलेख शुरु गर्ने प्रयत्न गरिएको छ।
     
दर्शनको जन्म र विकास कसरी भयो ? भन्ने विषय ज्यादै महत्वपूर्ण प्रश्न हो । उत्पादन संघर्ष  , वर्गसंघर्ष र वैज्ञानिक प्रयोगको बीचबाट दर्शनको जन्म भएको थियोे ।
 
 
मानव समाजको विकासको क्रममा मातृसत्ता समाजको विघटन र पितृसत्ता समाजको स्थापनासंगै दासमालिक समाजको विकास प्रक्रियाका बीचबाट प्राचीन युनान , भारत , नेपाल , चीनमा संगसंगैजसो दर्शन विकसित हुदै आएको पाइन्छ ।
     
यसरी दर्शनशास्त्र एक अति प्राचीन विज्ञान हो । दर्शनको शाब्दिक अर्थ कुनै पनि वस्तुलाई हेर्ने , बुझ्ने , व्याख्या गर्ने र त्यसलाई बदल्ने साधनको नाम हो । विश्वको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीव जन्तु र मानिसको जन्म र विकास कसरी भयो ।
 
 
यी आफै जन्मिएका हुन कि यीनलाई जन्माउने कुनै ईश्वर वा अलौकिक शक्ति छ ? प्रकृति र समाजको उत्पत्ति कसरी भयो ? भविष्यमा विश्वको स्थिति के होला ? के मान्छेले प्रकृति र समाजवारे सम्पूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान व्यावहारिक क्रियाकलापका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ ?
 
मानव जीवनका उद्श्ये, आदर्श , कर्तव्य र मूल्य के हुन् ? यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञासाबृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो ।
     
अर्को शब्दमा दर्शन भनेको मानिसको जीवन र जगतलाई हेर्ने , बुझ्ने , व्याख्या गर्ने र बदल्ने उसको दृष्टिकोण हो । तसर्थ दर्शन भनेको मान्छेको भित्री आँखा हो ।
       
दर्शन भनेको प्रकृति , मानव समाज एवं चिन्तनका चालक नियमहरुको विज्ञान हो । यसले प्रकृति र मानव समाज  एवं चिन्तनका ती चालक वा सामान्य नियमहरुको अध्ययन गराएर उसको विश्वदृष्टिकोणको निर्माण गर्दछ ।
 
अर्थात् दर्शन भनेको जीवन र जगतको तथा प्रकृति र मानव समाजको एवं चिन्चनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पध्दति ( Msthodology) हो । दर्शनले जीवन र जगतको बारेमा बुझ्ने र त्यसलाई बदल्ने तथा बदलिएको बस्तुलाई कसरी संरक्षण गर्ने भन्ने कुरा सिकाउँछ  ।
 
       
दार्शनिक फाँटका क्षेत्रमा एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनलेे दर्शनलाई बुझाउने फिलोसोफी ( Philosophy ) शब्दको प्रयोग गरेका थिए । फिलोस ( प्रेम ) र सोफिया ( विवेक ) जस्ता शब्दको मिलनबाट फिलोसोफी बन्न पुग्यो , जसको अर्थ विवेक प्रेम हुन्छ ।
 
     
दर्शन शब्द संस्कृत भाषाको ” दृश्” धातुबाट बनेको छ ।दृशको अर्थ हेर्नु , जाँच्नु र बुझ्नु हुन्छ । माक्र्सवादका प्रनेता कार्ल माक्र्सका अनन्य मित्र फ्रेडरि एंगेल्सले यश प्रकारको दर्शनलाई ” विश्वदृष्टिकोण ” भन्नुभएको छ । कार्ल माक्र्सले हरेक साँचो दर्शन आफ्नो समयको  ” बौद्धिक सारतत्व ” , संस्कृतिको जीवन्त आत्मा ” भन्नुभएको छ । दर्शनशास्त्रको पहिलो ग्रन्थ ” नासदीय सूक्त ” हो ।
 
       
अब दार्शनिक प्रणालीभित्र पर्ने दार्शनिक पक्षधरताको प्रश्नका बारेमा जानकारी प्राप्त गर्न जरुरी हुन्छ । डहाँनेर हामीले जान्नै पर्ने विषय केे हो भने दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप हो  ।
 
 
यसको अर्थ वर्गसमाजमा सामाजिक चेतनाको चेतनाको रुप पनि वर्गीय हुन्छ । ठिक यसै परिणामको कारणले गर्दा दर्शनको रुप पनि वर्गीय हुन्छ । यसबाट हामी यो निष्कर्षमा पुग्दछौ कि वर्गसमाजमा हरेक वर्गले आफ्नो विचार , इच्छा , आकांक्षा , मत , संकल्प , भावना एवं आफ्ना क्रियाकलापको आौचित्य पुष्टि गर्न जरुरी हुन्छ । तसर्थ दर्शनले ठिक यसै आौचित्य पुष्टि गर्ने काम गर्दछ ।
       
 
मानव समाजमा वर्गको जन्म पश्चात् वर्गसंघर्ष चल्दै आएको छ र वर्गको विलोपीकरण , राज्यको विलोपीकरण नभएसम्म वर्गसमाजमा वर्गसंघर्ष जारी रहन्छ । द्वन्द्वात्मक तथा  ऐतिहासिक भौतिकवादले यसको वैज्ञानिक रुपमा निरुपण गरिसकेको छ ।
 
 
त्यसैले दर्शनले वर्गसंघर्षमा दृढ पक्षधरताको माग गर्दछ ।यो  स्वाभाविक रुपमा वैज्ञानिक नियम हो कि वर्गसमाजमा विभिन्न वर्गका स्वार्थहरु एक  अर्कोमा टकराँउछन् र ती भिन्न भिन्न विचार र दृष्टिकोणका रुपमा प्रतिबिम्बित बन्न पुग्छन् । तसर्थ ती भिन्न विचारहरुको आधाशिलामा विभिन्न दृष्टिकोणको निर्माण हुन्छ ।
       
 
यो दर्शनशास्त्रको मौलिक प्रश्नले स्पष्ट पारिसकेको विषय हो कि दर्शनशास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र अधिभूतवाद बीच मानव समाजमा जुन संघर्ष चल्दै आएको छ , त्यो नै यसै वर्गीय तथा वैचारिक संघर्षको प्रतिबिम्बन र परिणाम हो  ।
 
       
आजको युग  साम्राज्यवाद र विश्वसर्वहारा वर्ग बीचको भीषण वर्गसंघर्षको युग हो । अर्थात् लेनिनकै शब्दमा आजको युग वैज्ञानिक समाजवादी क्रान्तिको युग हो ।
 
 
यसरी मानव समाजको विकासको प्रक्रिया अन्तरगत आजसम्म तमाम प्रकारका आदर्शवाद र भौतिकवाद तथा यान्त्रिक भौतिकवादका बीच जुन संघर्ष चल्दै आएको छ त्यो  तमाम प्रकारका प्रतिक्रियावादी र क्रान्तिकारी जनसमुदाय , साम्राज्यवादमा गिरिसकेको पुँजीपति वर्ग तथा विश्वसर्वहारा वर्ग बीचको जीवनमरणको वर्गसंघर्षको प्रतिबिम्बन र परिणाम हो ।
 
   
दार्शनिक फाँटको क्षेत्रमा मूलतः दर्शनशास्त्रको मौलिक प्रश्नको क्षेत्रमा बीचको धारा तेस्रो धारा पनि प्रकट हुदै आएको छ । मानव समाजमा भौतिकवाद र आदर्शवाद बीचको लडाइँमा जसले आफूलाई गैर पक्षधर , तटस्थ  वा तेस्रो धाराको हिमायती देखाउने गर्दै आएका छन् वास्तवमा ती मूलतः  प्रतिक्रियावादी वर्गको वर्ग , तिनको वर्गहित र विचारधाराकै प्रतिनिधि हुन् ।
 
 
यसरी दर्शनशास्त्रको मौलिक प्रश्नको क्षेत्रमा आफूलाई तटस्थ , गैर पक्षधर वा आदर्शवाद , भौतिकवादभन्दा पनि माथि उठेको देखाउने प्रत्यक्षवादी , माखवादी , संशोधनवादी लगायत तमाम प्रवृत्तिहरु धेरै पहिलेदेखि कायम रहदै आएका छन् ।
 
       
दर्शनशास्त्रको मौलिक प्रश्नको फाँटमा पक्षधर र गैर पक्षधरका विषयमा संश्लेषण गर्दै कमरेड माओ त्सेतुङले  वर्गसंघर्ष र दर्शनमा प्राथमिक स्थान वर्गसंघर्ष हुने भन्नुभएको थियोे ।
 
– ” दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ ।” जग वर्गसंघर्ष नै हो । त्यस पछि मात्रै दर्शनको अध्ययनको कुरा आउँछ – कसको दर्शन ? बुर्जुवा वर्गको कि सर्वहारा वर्गको ? सर्वहारा वर्गको दर्शन माक्र्सवादी दर्शन हो ।” – माओ त्सेतुङका दुर्लभ रचनाहरु , पृष्ठ ९१ , खोजी प्रकाशनगृह , काठमाडौं , २०६४ ।
       
कमरेड माओका माथिका भनाइबाट स्पष्ट हुन्छ कि वर्गसमाजमा दर्शनको चरित्र वर्गीय हुन्छ । बस्तत: वर्गीय समाजमा दर्शनको चरित्र वर्गीय हुने भएकोले हरेक दर्शनले आफ्नो वर्गहित , विचार र , राजनीतिक उद्श्येको सेवा गर्दछ ।
     
कार्ल माक्र्स ( १८१८ – १८८३ ) र  फ्रेडरिक एंगेल्ल ( १८२० – १८९५ ) द्वारा सन १८४८ मा विश्वविख्यात कम्युनिस्ष घोषणापत्र जारी गरे पश्चात् विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिध्दान्त माक्र्सवाद प्राप्त गर्यो । माक्र्सवाद पुँजी रवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो ।
 
 
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो ।द्न्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । माक्र्सवादका बारेमा लेनिन अगाडि भन्नू हुन्छ , – ” माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो । ” माक्र्सवादको निर्माण  दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघट तत्वहरुको संश्लेषणबाट भएको छ ।
 
       
माक्र्सको आफ्नै दर्शन छ अर्थात् माक्र्सवादी  दर्शन। माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शनको सिध्दान्त भौतिकवाद हो ।
 
       
माक्र्सवादी दर्शनले प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना , विचार वा सामाजिक सत्तालाई दोस्रो स्थानमा राख्दछ । यो दर्शनशास्त्रको मौलिक प्रश्नसंग सम्बन्धित विषय हो । माक्र्सवादले चेतनालाई बस्तु जगतको  आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगाम्य बताउँछ । माक्र्सवादी दर्शनको पध्दति द्वन्द्ववाद हो ।
   
वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सले ऐतिहासिक भौतिकवादमा सामाजिक  सत्ता र सामाजिक चेतना , उत्पादन शक्ति र उत्पादन सम्बन्ध , आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गहरुका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नु भएको छ ।
 
 
माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिध्दान्त र अतिरिक्त मूल्यको सिध्दान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व , साम्यवादका आधारभूत  मान्यताहरुद्वारा निर्मित भएको छ ।
 
       
आज माक्र्सवादले पहिलो चरणमा माक्र्सवादको विकास गरेको छ भने माक्र्सवादको गुणात्मक विकासको दोस्रो  चरणमा लेनिनवादको विकास गरेको र माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास हुन पुगेको छ ।
 
       
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइका रुपमा  माक्र्सवाद – लेनिनवाद – माओवाद नै विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ ।
 
       
यसरी आज विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिध्दान्त माक्र्सवाद – लेनिनवाद – माओवाद प्राप्त गरिसके पछि दार्शनिक रुपमा , वैचारिक रुपमा , स‌ैध्दान्तिक रुपमा समेत बलियो बन्न पुगेको छ ।
     
तसर्थ आज माक्र्सवाद अर्थात् मालेमावाद विश्व सर्वहारा वर्गको दर्शन बन्न पुगेको छ ।
 
 
यसको ठिक उल्टो आदर्शवाद , यान्त्रिक भौतिकवाद लगायत दर्शनशास्त्रको फाँटमा माक्र्सवाद विरोधी धाराका रुपमा विकसित भएका विविध दार्शनिक धाराहरुले सबै खाले प्रतिक्रियावादी , साम्राज्यवादमा गिरिसकेको पुँजीपति वर्गको पक्षधरता कायम राख्दै त्यही वर्गको सेवारत ,हरदै आएको छ  भने माक्र्सवाद ( मालेमावाद ) सर्वहारा वर्गको सेवा र पक्षधरता एवं पथप्रदर्शन गर्दै आएको छ ।
 
(लेखक :  अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।