यस्तो छ,आजको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर २७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव संगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

 

हाल मौसमको अवस्था देशभर आँशिक देखि सामान्य बदली रहेको महाशाखाले बुलेटिन जारी गरेर जनाएको छ ।

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्कारबर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

 

त्यस्तै आज राती प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

 

 पहाडी भेगका केहि स्थानहरुमा हल्का वर्षा संगै हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आई चिसो बढ्नुको साथै तराईका अधिकांश भुभागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन  सबैमा अनुरोध गरिएकाे छ।