आज आईतबारको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर २८।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

हाल देशमा पश्चिमी वायुकोआंशिक परभाव रहेको महाशाखाले जनाएको छ। हाल मौसमको अवस्था प्रदेश नं १, ३ का केहि भूभागमा आंशिकबदली रहेको छ ।

 

आज दिउँसो प्रदेश नं १, ३, तथा सुदुर पश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ।

 

त्यस्तै राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

 

तराईका अधिकांश भुभागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएकाे छ।