आज मिति २०७७ साल पुस ७ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष – आज पनि समय खराब छ । सरकारी कर्मचारीका लागि समस्या आउन सक्छ । ईष्टमित्रसँग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा पनि गडबडी हुनसक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज र भोलि विशेष सतर्क हुनुहोला । यात्राको त्यसमाथि पनि दक्षिण दिशाको यात्रा गर्नु ठीक छैन ।

 

वृष –आज र भोलि समय शुभ रहनेछ, मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योग समेत देखिन्छ । वैदेशिक क्षेत्रबाट धन प्राप्त हुनेछ ।

 

मिथुन – आज समय मध्यम खालको छ । स्वास्थ्यमा यसअघि समस्या थिए भने सुधार आउने छ । सामाजिक सङ्घ÷संस्था, चित्रकला, साहित्य, सङ्गीत, पत्रकारिता एवम् होटल व्यवसाय लगायतका पेशा व्यवसायबाट आर्थिक लाभ, तपार्इं भाडाको गाडी चालक हुनुहुन्छ भने आज निश्चित रूपमा फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टकोणमा देखिन्छ ।

 

कर्कट – आज र भोलि समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानी मात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला । भ्रमण यात्रा गर्दै हुनुहुन्छ भने विचार गर्नुहोला । किनकि समय खराब छ ।

 

सिंह – लागि आज समय शुभ छैन । आफ्नै व्यक्तिसँग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबडी हुन सक्नेछ खानपानमा विशेष ध्यान पु¥याउनुहोला । चिसो, शूल–वायूको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।

 

कन्या – आज पनि समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आÇनो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।

 

तुला-आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने योग छ । नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा तपाइँको जीत अवश्य हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ ।

 

वृश्चिक – आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ । समग्रमा समय खराब छन्, यात्रा तथा लेनदेनमा सावधान हुन आवश्यक देखिन्छ ।

 

धनु –धनु राशिका लागि आज समय खराब छ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुनेछ । लेनदेन, जग्गाको विवाद उत्कर्षमा पुग्नेछ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् । आज दक्षिण दिशाको यात्रा घातक हुन सक्ने, सकभर यात्रा नै नगर्नुहोला ।

 

मकर – आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुन सक्छ । नयाँ पुराना सबै मित्रसँग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेन समेत फलदायी हुनेछ । टाढाबाट धन प्राप्ति हुनाले मानसिक प्रशन्नता बढ्नेछ ।

 

कुम्भ –आज नित्य कार्यबाट बञ्चित हुनुपर्ने छ । आज अत्यन्तै विश्वास गरिएका व्यक्तिबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा सतर्क हुनुहोला । धार्मिक बाहेक अन्य काममा धन लगानी नगर्नुहोला ।

 

मीन –आज धेरैजसो समय सुखमय देखिन्छ । भाग्यस्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।