नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्ला कति थपिए संक्रमित

काठमाडौं,पुस २० । नेपालमा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४०१ जनामा गरिएको परीक्षणमा २४४ पुरुष र १५९ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५९४ पुगेको छ ।

 

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६८ जना पुगेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १८८५ जनाको मृत्यु भएको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५२८९ रहेको छ । उनीहरुमध्ये १७७४ जना होम आइसोलेसनमा छन् भने २०९ जनाको आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १४०, ललितपुरमा २१ र भक्तपुरमा २४ संक्रमित भेटिएका छन् । कास्कीमा ३५, कैलालीमा ३०, रुपन्देहीमा २५, बाँकेमा १४, कपिलवस्तु र दोलखामा १०÷१० जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।

कुन जिल्ला कति थपिए संक्रमित

प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३, मोरङमा ५ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश २ को धनुषामा ५, पर्सामा ५, बारामा २, महोत्तरीमा १, सर्लाहीमा २ र सिरहामा १ जनामा मात्र कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा ३, दोलखामा १०, धादिङमा ६, नुवाकोटमा १, भक्तपुरमा २४, मकवानपुरमा ५, रसुवामा १, ललितपुरमा २१, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३५, गोरखामा ३, तनहुँमा ३, नवलपरासी पूर्वमा २, पर्वतमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ३, प्युठानमा १, बर्दियामा ४, बाँकेमा १४, रोल्पामा २ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ३०, डडेल्धुरामा २, डोटीमा २, दार्चुलामा १ र बझाङमा १ जनामा कोरोना भेटिएको छ।