राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माद्वारा शपथ ग्रहण

काठमाडौं,पुस २३ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका छन्।

 

अध्यक्ष शर्माले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

 

बैंक संचालक समितिको बिहीबार बसेको बैठकले धनिराम शर्मालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए।

 

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।