नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस २३ । नेपालमा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । हाल ५०५८ जना सक्रिय संक्रमित रहेका छन् भने १९०३ जनाको मृत्यु भएको छ ।

 

पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मत्यु भएको छ । काठमाडौं उपत्यकामा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जना संक्रमित भेटिएका छन् । त्यस्तै कास्कीमा २५, रुपन्देहीमा २५ र धादिङमा १० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५ र सुनसरीमा जनामा कोरोना पुष्टि भएको छ।

 

प्रदेश २ को धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ९८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, लमजुङमा १, बागलुङमा ४ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा ३, बर्दियामा २, बाँकेमा ४, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको दोलखामा मात्र ६ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको पनि हुम्लामा मात्र १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।