प्रचण्ड र माधव कुमार नेपाल पार्टी छाडेर भागेका ‘भगौडा’हुन :प्रधानमन्त्री ओली

काठमाडौं,पुस २४। प्रधानमन्त्री केपी शर्मा ओली नेकपाकै अर्को समूहका नेताद्वय प्रचण्ड र माधव कुमार नेपाललाई भगौडाको संज्ञा दिएका छन् ।

 

कैलालीको धनगढी सुदूरपश्चिमस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधवलाई कटाक्ष गर्दै भगौडाको संज्ञा दिएका हुन् ।

 

‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गए, गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । उहाँहरूका समर्थकहरू गालीगलौज गरेर हिँडेका छन्। हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्दैनौं,’ ओलीले भने ।

 

भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको पनि उनले आरोप लगाए ।