काठमाडौं उपत्यकाका २१ स्थानमा आज विजुली काटिने (तालिकासहित)

काठमाडौं,माघ ३। नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो।

 

प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा आज अवरुद्ध हुने जनाएको छ। मर्मतको काम समय अघि नै सकिएमा पूर्ववतरुपमै विद्युत आपूर्ति हुने पनि प्राधिकरणले जनाएको छ।

 

हाराजगञ्ज वितरण केन्द्रका बसुन्धरा, मित्रनगर, गोंगबु गणेशस्थान, बसपार्कलगायतका क्षेत्रमा बिहान ७ बजे नै विद्युत कटौती भइसकेको छ ।

 

यस्तै भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोकलगायतका क्षेत्रमा मध्यान्ह १२ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ ।

 

सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा, मोड, रेडियंट स्कुललगायतका क्षेत्रमा भने बिहान ११ बजेदेखि १ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

तालिका