नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ ४ । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ३ हजार ५०८ नमुना परीक्षण गर्दा ९१ महिला र १७५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४४ जना संक्रमणमुक्त भएका छन् भने १९५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार ९१९ संक्रिय संक्रमित छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को मोरङमा ३ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को सप्तरीमा मात्र १ जनामा कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा ५, धादिङमा ३, नुवाकोटमा १०, भक्तपुरमा ९, रोमछापमा १ र ललितपुरमा २३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, तनहुँमा २, नवलपरासीमा पूर्वमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, दाङमा ३, पाल्पामा २, बर्दियामा २, बाँकेमा १५, रोल्पामा १ र रुपन्देहीमा ७ जनामा कोरोना पाइएको छ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।