प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा,अर्को सुनुवाइ भोली हुने

काठमाडौं,माघ ६। प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि आजपनि हेर्दाहेर्दैमा राखिएको छ। उक्त रिटमाथिको सुनुवाइ भोलि हुने गरी तोकिएको छ।

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आज अधिवक्ताहरू शिवकुमार यादव, हर्कबहादुर रावल, शेरबहादुर ढुंगाना, डा.रुद्र शर्मा, चन्द्रकान्त ज्ञवाली लगायतले बहस गरेका थिए।

 

अधिवक्ताहरूले बहुमतको सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार संविधानले नदिएको जिकिर गरेका छन्।

 

संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासले नै हेर्ने आदेश गरेपछि आइतवारदेखि अन्तिम सुनुवाइ भइरहेको छ ।