१४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद

काठमाडौं,माघ ६। १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई जिल्ला अदालत भोजपुरले २० वर्ष कैद सजायको फैसला गरेको छ ।

 

अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो ।

 

यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका– २ भुल्केका खेमराज दमाइँलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

 

उनीहरुलाई पीडित परिवारको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको थियाे ।