नेपालमा थप २ सय ८३ जना कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ १४। नेपालमा थप २ सय ८३ जना कोरोना संक्रमण पुष्टि भएकाे छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २ सय ८६ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५७ हजार ६९ पुगेको छ।

 

बुधबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार २० पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय २२ जना क्वारेन्टाइनमा छन्।

 

गत २४ घण्टामा २ सय ४६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल १ सय ६२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ३९ जना आइसियु र २३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को झापामा ४, ताप्लेजुङमा १, तेह्रथुममा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा ४, बारामा २, महोत्तरीमा १, सप्तरीमा १ र सिरहामा १ जनामा कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा २७, दोलखामा २, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ९, ललितपुरमा १४ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३, गोरखामा २, तनहुँमा ३, नवलपरासीमा पूर्वमा १०, बागलुङमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा १, पाल्पामा २, बाँकेमा ९, बर्दियामा ४ र रुपन्देहीमा ११ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा ६, डोटीमा २ र बतैडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।