झापाको भद्रपुर नगरपालिकामा आफ्नै ससुराले बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं,माघ २०। झापाको भद्रपुर नगरपालिकाकामा आफ्नै ससुराले बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

 

भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।

 

वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो।

 

जाहेरीका आधारमा प्रहरीले ससुरामाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए।