कस्तो रहला आजको मौसम पूर्वानुमान

काठमाडौं,फागुन ३। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना छ।

 

राती देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना छ।