ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच कुटाकुट

काठमाडौं,फागुन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ ।

 

सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो। झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् ।

 

कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको प्रहरीले जानाएकाे छ। कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी समेत प्रचण्ड-माधव समूहका विद्यार्थी उनले दिएकाे प्रहरिले जनाएकाे छ।