नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि,थप ५४ जना डिस्चार्ज

काठमाडौं,फागुन १४।नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ३६ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ५७ हजार ५ सय ८० पुगेको छ।

 

 पछिल्लो २४ घण्टामा ५४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ।

 

 पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ४ जना समावेश गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७१ पुगेको छ। हाल ७१ जना क्वारेन्टाइनमा छन्।