बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेटवार्ता,पार्टी एकताबारे छलफल

काठमाडौँ,फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  

 

दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरे । स्रोतका अनुसार, गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् ।

 

गौतम पार्टी एकताको विषयमा छलफल गर्न बालुवमटमर गएको जनाइएको छ । यसअघि बिहीबारमात्रै गौतमले प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए ।

 

सो भेटमा गौतमले प्रचण्डसँग ओलीलाई सम्मानजनक तरिकाले हटाएर पार्टीबाटै नयाँ प्रधानमन्त्री चयन गर्न प्रस्ताव गरेका थिए ।