यस्तो छ,आज यी प्रदेशको मौसम पूर्वानुमान

काठमाडौं,फागुन १८। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल त्यस्ताे उल्लेखनीय मौसमी प्रणाली कुनै पनि नरहेकाे महाशाखाले जनाएकाे छ। 

 

हाल मौसमको अवस्था देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको छ ।

 

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 

त्यस्तै आज राती प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।