आज यी प्रदेशका केही स्थानमा आंशिक देखि सामान्य बदली र हल्का वर्षाको सम्भावना

काठमाडौं,फागुन २०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

 

आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागहरुको एक र दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।