क्रातिकारी माओवादी पश्चिम नवलपरासीले पार्वतीदेवी पाण्डेयप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौ,फागुन २०। नेकपा (क्रातिकारी माओवादी) पश्चिम नवलपरासीले क्रान्तिकारी पत्रकार महासङघका केन्द्रीय कोषाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक रबि पान्डेयकी आमा पार्वती देवि पान्डेयको निधन प्रति शोक ब्यक्त गरेको छ ।

 

बुधबार त्रिबेणीधामस्थित अन्त्यस्टीकै क्रममा सो पार्टीका जिल्ला सेक्रेटरी छबिलाल खरेलले बर्दघाट नगर समिती सदस्य समेत रहनु भएकि पान्डेयको पार्थिव शरिरमा पार्टीका झण्डा ओडाउनु भएको थियो ।

 

 उहाँकि बुहारी लक्ष्मी घिमिरे क्रान्तिकारी पत्रकार महासघको जिल्ला कोषाध्यक्ष र कान्छा छोरा रमेश पान्डेय अखिल क्रान्तिकारीको जिल्ला संयोजक हुनुहुन्छ ।

 

 अनेमसघ क्रान्तिकारीको बिभिन्न कमिटीमा कार्यरत हुँदै उहाँ २०५६ साल देखि माओवादी पार्टीको सदस्य हुनुहुन्थ्यो ।