जनतालाइ धोका दिने कम्युनिस्टसँग मिलेर सरकार बनाउनु भन्दा कांग्रेसले नयाँ चुनावमा जानुपर्छ:कमल थापा

काठमाडौँ,फागुन २९ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेसलाई कम्युनिष्टसँग मिलेर सरकार बनाउन अस्विकार गरी नयाँ चुनावमा जान सुझाव दिएका छन् ।

 

सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएको भएपनि नेकपा भने कुर्सी र पैसाको झगडाले अलग भएको जनाउँदै जनतालाई धोका दिने कम्युनिस्टसँग मिलेर सरकार नबनाउन कांग्रेसलाई सुझाव दिएका छन् ।

 

‘गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएका हुन्।नेकपा कुर्सीरपैसाको झगडाले फुट्यो,जनतालाई धोका दियो।त्यही असफलरभ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेकलाग्दो छ।

कम्युनिष्टसॅग मिलेर सरकार बनाउॅन अस्विकार गरी कंग्रेस नयॅा चुनावमा जानुपर्छ,’ थापाले लेखेका छन् ।