नेपालमा थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,बैशाख १४ । नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ ।

 

कोरोना संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा १ हजार ६०२, बाँकेमा ५१५, रुपन्देहीमा ३८३, ललितपुरमा २४०, दाङमा २३० जना, कास्कीमा १२९, भक्तपुरमा १२४ जना,बर्दिया र मोरङमा ८६/८६ जना, चितवनमा ८०, सुर्खेतमा ७४, मकवानपुरमा ७२, पर्सामा ६७, सुनसरीमा ५१, कञ्चनपुरमा ४६, पाल्पामा ४५ जनामा,कपिलवस्तुमा ३५ जना, कैलाली ३२ जना, काभ्रेपलाञ्चोक ३१ जना, धनुषा २७ जना, बारा २६ जना ,अर्घाखाँची र नवलपरासी पश्‍चिममा २३/२३ जना, झापा, सिरहा, तनहुँ र गुल्मीमा १६/१६ जना, धादिङमा १५ जना, नवलपरासी पूर्व र स्याङजा १४/१४ जना, सप्तरीमा १२ जना  ,रौतहट, नुवाकोट,रामेछाप, सिन्धुपाल्चोक, सल्यान, डडेल्धुरा ११/११ जना, सर्लाही र गोरखा १०/१० जना, महोत्तरी, बागलुङ र दैलेखमा ९र९ जना, म्‍याग्दी, लमजुङ, प्‍युठान र बैतडीमा ८/८ जना, उदयपुर र रुकुम पश्‍चिममा ७/७ जना, संखुवासभामा ६ जना, सिन्धुलीमा ५ जना, दोलखा, पर्वत, रोल्पा, कालिकोट र जुम्लामा ४/४ जना, इलाममा ३ जना  ,ओखलढुंगा, खोटाङ, धनकुटा, सोलुखुम्बु, मुस्ताङ, जाजरकोट, मुगु, हुम्ला र बझाङमा २/२ जना, पाँचथर,भोजपुर, रसुवा,डोल्पा, डोटी, दार्चुला, बाजुरा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १०२ ‍बालबालिकामा र १० देखि १९ वर्षसम्मका २८२ जनामा कोरोना संक्रमण देखिएको छ ।