यी प्रदेशका पहाडी भूभागका र तराईका केही स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना

काठमाडौं,बैशाख १६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

 

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

 

आज दिउसो देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एकदुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

 

देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।