आज यी प्रदेशका केही स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना

काठमाडौं,बैशाख १७।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ।

 

 

आज दिउसो देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र तराईका एकदुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ।देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

 

 

 देशका केहि स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।