बाँकेको भेरी अस्पतालमा थपिए २५३ जना कोरोना संक्रमित

काठमाडौं,बैशाख १८ । बाँकेको भेरी अस्पतालमा पछिल्लो पटक कोरोनाका दुई सय ५३ संक्रमित थपिएका छन्।३ सय २८ नमूना परीक्षण गर्दा २ सय ५३ जनामा पोजेटिभ देखिएको हो। यो ७७ दशमलव एक तीन प्रतिशत हो ।

 

संक्रमित हुनेमा एक सय १८ महिला र एक सय ३५ पुरुष छन् । २० देखि २९ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित देखिएका छन् ।

 

त्यसपछि ३०९३९ वर्ष उमेर समुह बढी प्रभावित देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका धेरै प्रभावित छ ।