नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,बैशाख १९। नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै काठमाडाैं उपत्यकामा मात्र ३५९५ जनामा कोरोना पुष्टि भएको छ। काठमाडाैंमा २७४४ जना,ललितपुरमा ५५० जना,भक्तपुरमा ३०१ जनामा, काेराेना संक्रमण पुष्टि भएकाे छ।

  कोरोनाका सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा ८, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ८५, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा २४९, संखुवासभामा १, सुनसरीमा ७४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धनुषामा २२८, पर्सा ११२, बारामा ४४, महोत्तरीमा १०७, रौतहटमा ३६, सप्तरीमा २७ र सिरहामा ३२ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २३, चितवनमा ७७, दोलखामा ८, धादिङमा १२०, नुवाकोटमा ४६, भक्तपुरमा ३०१, मकवानपुरमा १६९, रसुवामा ४, रामेछापमा १३, ललितपुरमा ५५०, सिन्धुपाल्चोकमा ३३ र सिन्धुलीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा १६, तनहुँमा १४, नवलपरासी पूर्वमा १९, पर्वतमा ७, म्याग्दीमा ७, लमजुङमा ८, बागलुङमा ६ र स्याङजामा ६ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३७, कपिलवस्तुमा ४१, गुल्मीमा ११, दाङमा १३३, नवलपरासीमा ८०, पाल्पामा ११, प्युठानमा ३, बर्दियामा ५१, बाँकेमा ४०६, रुकुम पूर्वमा ५, रुपन्देहीमा ४६६ र रोल्पामा ५ जनामा कोरोना पाइएको छ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ७, जुम्लामा १०, डोल्पामा १, दैलेखमा २५, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा ५ र सुर्खेतमा १७४ जनामा कोरोना भेटिएको छ।

 

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा २४, कैलालीमा २३२, डडेल्धुरामा २८, डोटीमा १९, दार्चुलामा १, बझाङमा १ र बैतडीमा ३८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।