प्रधानमन्त्री ओलीको शपथविरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं,जेठ ३। प्रधानमन्त्री केपीओलीले लिएको शपथविरूद्ध सर्वोच्च अदालतमा चार रिट दर्ता भएको छ । अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । दर्ता भएको रिटमाथि भोलिलाई पेशी तोकिएको छ ।

 

 

कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा तोकिपाऊँ त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोकिपाऊँ र सात गैरसांसदलाई दोहोर्‍याएर गरिएको असंवैधानिक नियुक्ति खारेज गरिपाऊँ भन्दै रिट दायर गरिएको छ ।

 

 

प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।