नेपालमा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि,थप १९६ जनाको मृत्यु,कुन जिल्लामा कति भेटिए संक्रमित

काठमाडौं,जेठ ४। नेपालमा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ।  पिसिआरबाट ८ हजार १३६ र एन्टीजेनबाट ६७ जना संक्रमित पुष्टि भएका छ।

 

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ।पछिल्लो २४ घण्टामा नेपालमा थप १९६ जना संक्रमितको मृत्यु भएको छ।अहिलेसम्म नेपालमा ५ हजार ४११ जना संक्रमितको मृत्यु भएको छ।

 

आज देशभर ६ हजार ८९१ जना संक्रमित निको भएका छन्। देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति भेटिए संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २,०४९ जना, मोरङमा ५०७, रूपन्देहीमा ३८०, ललितपुरमा ३६५, काभ्रेपलाञ्‍चोकमा ३१५ र चितवनमा ३०८ जना संक्रमित थपिएका छन् ।

 

यस्तै सुनसरीमा २९८, झापामा २५३, कास्कीमा २२९, भक्तपुरमा २२१ र पाल्पामा २०१ जना,सुर्खेतमा १९५, दाङमा १९१, धादिङमा १४५, धनुषामा १४०, सप्तरीमा १३३, जाजरकोटमा १२४, नुवाकोट र रामेछापमा १०९/१०९ जना, सिन्धुपाल्चोक र गुल्मीमा १०५/१०५ जना र तनहुँमा १०२ जना ,डोटीमा ९५, दोलखामा ९०, सिन्धुलीमा ८४, स्याङ्जामा ८०, कञ्‍चनपुरमा ७४, पर्सामा ७०, लमजुङमा ६३, गोरखामा ६०, दैलेखमा ५९,नवलपरासी पश्‍चिममा ५५, नवलपरासी पूर्वमा ५८ र अछाममा ५० जना,रौतहट र बैतडीमा ४९/४९ जना, महोत्तरीमा ४८, धनकुटामा ४५, सल्‍यानमा ४४, पर्वतमा ४३, डडेल्धुरामा ३९, अर्घाखाँचीमा ३७, सिरहामा ३६, बाँकेमा ३४, इलाममा ३३, तेह्रथुममा २६, उदयपुर र बारामा २५/२५ जना, ताप्लेजुङमा २२ जना ,रूकुम पश्‍चिममा १८, रसुवामा १६, जुम्लामा १५, सर्लाही र कपिलवस्तुमा १४/१४ जना, म्याग्दीमा १२, बर्दियामा ११, सोलुखुम्बु र रोल्पामा १०/१० जना, कैलालीमा ९, ओखलढुंगामा ७, मकवानपुरमा ५ जनामा,भोजपुर र प्‍युठानमा ४/४ जना, खोटाङ र बागलुङमा २/२ जना तथा पाँचथर र संखुवासभा, मुस्ताङ, कालिकोट, मुगु र हुम्लामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १७१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ५१० जनामा कोरोना संक्रमण देखिएको छ ।