सुतेको बेला घुर्नु हुन्छ, यी उपायहरू अपनाउनूहोस्

काठमाडौ। कसै–कसैलाई सुतेको बेलामा घुर्ने बानी परेको हुन्छ । सुत्दा सामान्यतया १५ देखि २५ प्रतिशत मानिसमा घुर्ने गरेको पाईएको छ। यसलाई सामान्य लिएपनि दिर्घकालिन समस्या रहेको चिकित्सकहरु बताउँछन् ।

 

घुर्नुका कारण

 

सामान्यतया यो समस्या श्वास फेर्ने नली सानो भएर हुन्छ। श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन्। विभिन्न कारण मध्य केही कारण यस प्रकार छन्–

 

– मोटो मान्छेको शरीरका साथसाथै जिब्रोमा पनि बोसो जम्मा भएको हुन्छ, त्यसले गर्दा सास फेर्ने बाटो साँघुरिन्।

 

– टनसिल ठूलो भएमा, त्यसले श्वास नलीरहावा जाने बाटो सानो बनाउँछ।

 

– नाकमा समस्या हुने मान्छेले मुखबाट सास फेर्छन्। यसो गर्दा जिब्रो पछाडी धकेलिने भएकाले मुख खोलेर श्वास फेर्ने मान्छेमा श्वास नली सानो हुन्छ।

 

– अनुहारमा माथिल्लो र तल्लो च्यापु सानो भएमा त्यसले श्वास फेर्ने बाटो सानो बनाउँछ।

 

यसले कस्ता खालका समस्या आउन सक्छन्  ?

 

संसारभरिकै जनसंख्यालाई आधार मान्ने हो भने ५ देखि १५ प्रतिशत मान्छेहरु घुर्छन्। नेपालमा पनि १५ देखि २० प्रतिशत मान्छेलाई घुर्ने समस्या छ भन्ने अनुमान गरिएको छ। यो समस्याका पीडितले आफू साथसाथै अरुलाई पनि समस्यामा पार्छन्। घुर्ने मानिसमा देखिने समस्याहरु यस्ता छन्।

 

– स्मरण शक्ति कम हुँदै जाने,

 

– सुतेको बेलामा बारम्बार थाहा नपाई रातभर ब्यूँझिदा शरिरले राम्ररी आराम नपाउने र दिनभर थकान महशुस भइ काममा कन्सन्ट्रेट नहुने,

 

– मोटाउँदै जाने र आफ्नो कार्यक्षमता कम हुँदै गएको अनुभव हुने,

 

– आफू पनि राम्ररी सुत्न सकिँदैन, सँगै सुतेको मान्छेको निन्द्रा पनि बिथोलिन्छ,

 

– बिरामीलाई प्रेसर, सुगर, ग्याष्ट्रिकको समस्या हुन्छ, त्यसपछि आषधिको मात्रा बढ्छ,

 

– मुटुको समस्याहरु आउने, हृयघात हुने, ग्याष्ट्रिक हुने लगायत आँखामा समस्या आउने,

 

– यौन इच्छा कम हुने,

 

– पश्चिमा देशहरुमा घुर्ने समस्या सम्बन्ध विच्छेदको प्रमुख कारणमध्ये एक हो,

 

– यस रोगका बिरामीहरुको अन्य साधारण मानिसको तुलनामा चाँडै मृत्यु हुने सम्भावना ४० प्रतिशत बढी हुन्छ।

 

घुर्ने समस्याको समाधान तथा रोकथामका लागि के–के गर्न सकिन्छ?

 

हाम्रो देशको सन्दर्भमा यदि कसैले घुरेमा हामी थाक्यो अनि आनन्दले सुत्यो भन्छौँ। तर पहिले हामीले बिरामीलाई के–के लक्षण छ सोध्ने। सबै लक्षण सबै घुर्ने मान्छेमा हुँदैन तर जुन–जुन लक्षण बिरामीसँग मिल्छ त्यही अनुसार बिरामीलाई जाँचिन्छ।

 

 

सास फेर्ने बाटो साँघुरो देखिएमा र लक्षणहरु मिल्दोजुल्दो भएमा घुराइ सामान्य हो की यसले शरीरमा असर गरेको छ भनेर स्लिप स्टडी गरेर हेर्नुपर्छ।