आज यी प्रदेशका केही स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,जेठ १६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिनहाल देशमा चक्रवात यास पश्चिमउत्तर पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था देशका अधिकांश भूभागमा सामान्य बदली रहेको छ सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक / दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

 

 

प्रदेश १ को तराई भूभागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा भई रहेको छ ।

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का एकर दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

 

 

प्रदेश १, प्रदेश २ एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु जस्तैः हिलोबाटो, हिलेभीरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदि बाट बच्नरबचाउन र आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।