काठमाडौं उपत्यकामा थप २०५७ जनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ २०। काठमाडौं उपत्यकामा थप २ हजार ५७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ।

 

त्यस्तै काठमाडौंमा १ हजार ६३० जना ,भक्तपुरमा १२९ जनामा र ललितपुरमा २९८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 

यस्तै नेपालमा कोरोनाबाट आज थप ७५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज देशभरी ६८२५ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । यस्तै आज ५९०४ जना निको भएका छन् ।