नेपालमा थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि,थप ५०९४ जना संक्रमणमुक्त

काठमाडौं,जेठ २० । नेपालमा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ । थप ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन्।

 

 

 

  नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।