देउवा,प्रचण्ड र नेपालबीच बुढानिलकण्ठमा छलफल

काठमाडौं,जेठ २४। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्टमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव कुमार नेपाल छलफलमा जुटेका छन् ।

 

 

 

एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले एकताका लागि ६ बुँदे प्रस्ताव नेपाल समूहलाई गरेपनि त्यो अस्वीकार गरेका नेपाल देउवा र प्रचण्डसँग छलफलमा जुटेका हुन् ।

 

 

माओवादी अध्यक्ष प्रचण्डले आज दिँउसो पनि नेपाल र देउवालाई छुट्टै भेटेका थिए । अहिले फेरि प्रचण्ड र नेपाल देउवालाई भेट्न गएका हुन् ।

 

 

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र आइतबार राति प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे आह्वानबारे छलफल भइरहेको छ ।

 

 

दाहाल र नेपाल एउटै गाडीमा बुढानीलकण्ठ पुगेका थिए । यसअघि बिहान पनि माओवादी अध्यक्ष दाहालले बुढानिकलण्ठ पुगेर देउवालाई भेटेका थिए । बिहान एमाले नेता नेपालसँग भेटेर दाहाल सिधै देउवालाई भेट्न पुगेका थिए ।