कोरोनाविरुद्धको भेरोसेल खोप जेष्ठ नागरिकहरुलाई आजदेखि लगाइने

काठमाडौं। चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप आजदेखि जेष्ठ नागरिकहरुलाई लगाइने भएको छ ।

 

 

कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ ।

 

 

खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको छ।

 

 

खोप शाखाका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ।