कोरोनाविरुद्धको खोप लगाए बापत एक खिल्ली गाँजा निःशुल्क

काठमाडौं।अमेरिकाको वासिङ्टन राज्यले खोपका लागि आकर्षित गर्न अनौठो योजना बनाएको छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने युवाहरुले एक खिल्ली गाँजा निःशुल्क पाउने भएका छन्।

 

 

राज्यको लिक्वर एन्ड क्यानेबिस बोर्डले सोमबार जोइन्टस् फर ज्याब’ ९खोपको बदला गाँजा० योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा गरेको थियो ।

 

 

बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लाएको बदलामा तयार गरिएको गाँजाको एक खिल्ली निःशुल्क दिन बिक्रेताहरूलाई भनेको छ।

 

 

यस्तो अनौठो अफर ल्याउने वासिङ्टन पहिलो राज्य भने होइन । एरिजोनामा पनि खोप लगाएवापत गाँजा दिने अफर ल्याइएको थियो ।

 

 

हालसम्म वासिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डोज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डोज लगाएका छन् ।