न्यायाधीशद्वय भट्टराई र कार्की इजलासबाट नहट्ने

काठमाडौं,जेठ २६। संव्रधानिक इजलासबाट न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका छन् ।

 

इलाजसामा भट्टराई र कार्कीमाथि प्रश्न उठेको थियो तर उनीहरुले इजलास नछाड्ने भएका हुन् । बुधबारे इजलास सुरु हुनेबित्तिकै सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीशले इजलास नछाड्ने बताए।

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा गठन गरेको इजलासलाई निरन्तरता दिने बताएपछि दुई जना न्यायाधीश नहट्ने भएका हुन् ।

 

बहसका लागि एकजना बराबर ३० मिनेटको समय छुट्याइएको छ ।

 

जेठ १४ गते गठन भएको इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयलाई लिएर प्रश्न उठेपछि २३ गते आइतवार इजलास पुनर्गठन गएिको थियो ।

 

 

१४ गते गठन भएको इजलासमा रहेका न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईको विषयलाई लिएर आइतवार सरकार पक्षका वकिलले विरोध जनाएका थिए ।

 

 

न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईलाई समावेश गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै नेतृत्वमा इजलास गठन गरेका थिए ।