गर्भ नबस्ने समस्या छ,यस्तो गर्नूस्

काठमाडौं। गर्भ नबस्ने अर्थात् बाँझोपन हुनुमा महिलाकै कमजोरी देखाउने नेपाली समाजको मान्यता अझै कायम छ । बाँझोपन महिलामा मात्रै हुन्छ र महिलाकै कमी–कमजोरीका कारण गर्भ नरहने पुरुषवादी चिन्तन व्याप्त देखिन्छ ।

 

 

गर्भ नरहनुको कारण यही हो भन्न सकिन्न । कुनै मानसिक कारणले समेत प्रभाव पार्ने गरेको देखिन्छ भने केही स्वास्थ्यको कारणले समेत गर्भ बस्न सक्दैन ।

 

 

यी दुवै समस्याको समाधानका आ–आफ्नै उपचार पद्धति छन् । केहि यस्ता घरेलु उपाय छन् गर्भ नबस्ने समस्याको केहि हद सम्म समाधान गर्न सकिन्छ ।

 

 

-एक चम्चा नागरकेशरको धुलोमा १ चम्चा घ्यु मिलाई खानाले तथा गाईको दूध सेवन गर्नाले बाँझोपनको समस्या हट्छ ।

 

 

-ढाकको पातलाई पिसेर दुधसँग खानाले बाँझोपनको समस्या हट्छ ।

 

 

-समुद्री झारलाई पिसेर दहीसँग मिलाई खानाले बाँझोपनको समस्या घट्छ ।

 

 

-सुपारी र नागकेशरलाई बराबर मात्रामा मिलाई पिसे दिनको एक चिम्टी धुलो खानाले बाँझोपनको समस्या घट्छ ।

 

 

-महिनावारीको समयमा अश्वगन्धा खानाले सन्तान उत्पादन शक्ति बढ्छ ।

 

 

-महिनावारी भएको पाँच दिनपछि ४ चम्चा सस्यूँलाई पिसेर बिहान एक चम्चाका दरले पानीसँग खानाले बाँझोपन हट्छ ।

 

 

-काफललाई पिसेर त्यही मात्रामा मिश्री मिलाउनुहोस् । नुहाइसकेपछि ६ ग्रामका दरले उक्त औषधी पाँच दिनसम्म सेवन गर्नुहोस् । त्यसपछि यौन सम्पर्क गर्नाले गर्भ रहन सक्छ ।

 

 

-नागरदहलाई गाईको घ्यूसँग मिलाई योनीमा लगाउनाले बाँझोपन निको हुन्छ ।

 

 

-पिपलको दानालाई सुकाएर पिस्नुहोस् । उक्त दानाको ३ ग्राम धुलो २५० ग्राम गाईको दुधसँग मिलाई खानाले बाँझोपन निको हुन्छ ।