आज सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार

काठमाडौं ,जेठ २७। आज बिहीवार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

 

 

बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

 

 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको थियो ।

 

 

यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला १ हजार ३ ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँमा खरीदविक्री भइरहेको छ ।