३० लाख बढी अवैध पैसा सहित २ जना पक्राउ

काठमाडौ,जेठ २७।  भारतबाट नेपालतर्फ अवैध रुपमा पैठारी गरी ल्याउँदै गरेको नगद ३० लाख ७६ हजार रुपैयाँ सहित २ जनालाई परोहा नगरपालिका ९ रामपुरखापबाट प्रहरीले पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेहरुमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेको प्रहरीले जनाएको छ।

 

 

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको जनाएको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।